म्याग्दी, १२ मंसिर– प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि ३२ जिल्लामा आइतबार पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । केन्द्रीय सरकारबाट जनताका अधिकार नियन्त्रित भएको भन्दै विभिन्न आन्दोलनपछि नेपाल संघीय संरचनामा गएको हो । प्रदेश सभाको अभ्यास नेपालले पहिलोपटक गर्दै छ । दुई चरणमा हुने निर्वाचनको यही २१ गते ४५ वटा जिल्लाको निर्वाचन हुदै छ । पहिलो चरणमा भएको निर्वाचनको मत परिणम आएपछि दोस्रो चरणको निर्वाचनलाई हानी हुनसक्ने भएकोले सवै जिल्लाको मत सगै गणना गर्ने भएकोले ३२ जिल्लाको मत पेटिका सुरक्षित राखिएको छ । म्याग्दीमा दलहरुपनि मत गणनाको प्रखाईमा रहेका छन् । प्रखाई संगै म्याग्दीमा दलहरुले आफुले जित्नेमा आफ्ना आफ्नै दाबी गरेका छन् ।
म्याग्दीमा खसेको ६१ प्रतिशत मतले कुन गठबन्धनले आफ्नो पक्षमा परिणम पर्ने हो त्यो २२ गते पछि मात्र थाहा हुने छ । म्याग्दीका मतदाताहरुले पाटी नहेरी आफुहरुले योग्य उमेद्वारलाई मतदान गरेको बताउछन । । जिल्लामा ७५ हजार ५३८ मत रहेको थियो । १ नगरपालिका ५ गाउँपालिका सहित ४५ ओटा वडा रहेको जिल्लामा ७२ मतदान स्थल र १०६ मतदान केन्द्र रहेको थियो । १ प्रतिनिधि र २ प्रदेश सभा रहेको जिल्लामा १३ जनाको उम्मेद्वार रहेपनि मुख्य प्रतिस्पर्धा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमा हुने देखिन्छ ।
दुई गठबन्धनको प्रतिस्पर्धा भएको म्याग्दीमा २०७० सालको द्रोस्रो संबिधान सभाको निर्वाचनमा पहिलो दल भएको नेकपा एमाले र तेस्रोदल भएको एमाओबादी केन्द्र विच तालमेल भएको र दोस्रो दल भएको नेपाली कांग्रेस र चौथो भएको राप्रपाको तालमेल भएको म्याग्दीमा लोकतान्त्रीक गठबन्धनका पक्षधरको नेताहरुले लोकतान्त्रीक शक्तिहरुले नेपालको रक्षा र धर्मको लागि आफहरुलाई जनताले मत दिएको दाबी गरेका छनभने बामगठबन्धनले पनि नेपालका दुई ठुला शक्तिहरु मिलेकाले म्याग्दीमा आफुहरुले पहिला पनि जिदै आएको दाबी गर्दै आफुहरुले जित्ने पक्का भएको दाबी गरेका छन् । तर म्याग्दीको परिणामको पखाईमा रहेका मतदाताहरु बिकासको पखाईमा रहेका छन ।
Previous Article१२ मंसिर २०७४, धौलागिरी स्टार साप्ताहिक
Next Article सिमकोटमा तारा एयर दुर्घटना ५ जना घाईते