बागलुङ, ११ मंसिर – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) सँगको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)का प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले सोमबार १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
नेपालले दोस्रो चरणमा छनोट भएका २० खेलाडीबाट युएईसँग खेल्ने ४ वैकल्पिकसहित १४ सदस्य नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीमा भेट्रान स्पिनर शक्ति गौचनले टोलीमा पुनरागमन गरेका छन् । शक्ति अस्वस्थताका कारण हङकङसँगको खेलमा टिममा रहेका थिएन् ।
यस्तै, हङकङसँगको खेलमा टिममा रहेका सुशील कँडेल टोलीबाट बाहिरिएका छन् । अन्य टोलीमा खासै परिवर्तन भएका छैनन् । वैकल्पिक मध्येका दुई खेलाडी अनिल कुमार साह र जितेन्द्र मुखिया पनि टोलीसँगै रहेर युएई जानेछन् ।
च्याम्पियनसिप अन्तर्गत सातौं चरणमा नेपालले युएईसँग आगामी डिसेम्बर ६ र ८ मा खेल्दैछ । दुई टोलीबीचको खेल अबुधावीको शिख जायेद रंगशालामा हुनेछ । च्याम्पियनसिपबाट नेपाल र युएई दुवै टोली डिभिजन–२ मा घटुवा भइसकेका छन् । च्याम्पियनसिपको छैटौं स्थानको लागि नेपालले ९ अंक जोडेको छ भने पुछारको युएईले ६ अंक जोडेको छ ।
नेपाली टोली
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
शरद भेषावकर
विनोद भण्डारी
वसन्त रेग्मी
शक्ति गौचन
सोमपाल कामी
सागर पुन
करण केसी
दिपेन्द्र सिंह ऐरी
सन्दिप लामिछाने
दिलिप नाथ
ललित भण्डारी
आरिफ शेख
वैकल्पिक खेलाडी
अनिलकुमार साह
जितेन्द्र मुखिया
कुशल भुर्तेल
सिद्धान्त लोहनी
Previous Articleछ उपसचिवको सरुवा वदर गर्न निर्वाचन आयोगको निर्देशन
Next Article १२ मंसिर २०७४, धौलागिरी स्टार साप्ताहिक