बागलुङ, ११ मंसिर – निर्वाचन आयोगले गृह मन्त्रालयललाई ६ उपसचिवको काज सरुवाको निर्णय बदर गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पाँच दिनअघि गृहले ५ मंसिरमा ६ उपसचिवको काज सरुवा गरेको थियो ।
गृहले निर्वाचन आयोगको स्वीकृतिबिनै तीन प्रमुख जिल्ला अधिकारीसहित ६ उपसचिवको काज सरुवाको निर्णय गरेको थियो । आयोगले ती कर्मचारीको काज सरुवासम्बन्धी गरेको निर्णयको सक्कल फाइल नै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । काज सरुवाको फाइल प्राप्त भएपछि आयोगले उक्त निर्णय बदर गर्न गृहलाई निर्देशन दिएको हो ।
आयोगले निर्वाचन परिणाम घोषणा नभएसम्म वा आयोगले निर्वाचन आचारसंहिता फिर्ता नगरेसम्म आफ्नो सहमतिबिना सरुवा वा काजको निर्णय नगर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले सरुवाको निर्णय बदर नगरे निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उपदफा ३ आकर्षित हुन सक्ने जानकारी पनि गृहलाई गराएको छ ।
गृहले चुनावको सामुन्ने कार्यभार सम्हालेको चार महिना पनि नपुग्दै नियमविपरीत प्रजिअहरूको काज सरुवा गर्ने निर्णय गरेको थियो । भदौ १४ मा भोजपुरको सीडीओ भएर गएका चेतराज बराल साढे तीन महिना पनि नपुग्दै सरुवामा परेका थिए । त्यस्तै, गत साउन ३२ मा रसुवाको सीडीओ भएर गएकी हीरादेवी पौडेल पनि सरुवामा परेकी थिइन् ।
छ उपसचिवको सरुवा वदर गर्न निर्वाचन आयोगको निर्देशन
Previous Articleह्याट्रिक गर्ने दाउमा रवीन्द्र अधिकारी (भिडियो सहित)
Next Article यूएईसँग खेल्ने क्रिकेट टोलीको घोषणा