बागलुङ, ११ मंसिर – सेनाले सत्ता आफ्नो हातमा लिएपछि हालै राजीनामा दिएका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको जन्मदिनमा जिम्बाबेमा राष्ट्रिय विदाको घोषणा गरिएको छ। मुगाबेको जन्मदिन २१ फेब्रुअरीलाई गत शुक्रबारबाट औपचारिक रुपमा ‘रोबर्ट गाब्रिएल मुगाबे नेसनल युथ डे’ घोषित गरिएको छ।
सत्ताधारी पार्टी जानु पिएफको युवा संगठनको दबाबपछि गत अगस्ट महिनामा सरकारले मुगाबेको जन्मदिनमा सार्वजनिक विदा दिने प्रस्तावलाई स्वीकार गरेको थियो।
मुगाबेपछि राष्ट्रपति बनेका इमर्सन म्नानगाग्वाले मुगाबे आफ्नालागि बाबुसरह भएको बताएका छन्। ‘व्यक्तिगत रुपमा मेरा लागि उहाँ पिता, शिक्षक, साथी र नेता हुनुहुन्छ,’ शुक्रबार उनले भनेका थिए। एजेन्सी
Previous Article११ मंसिर २०७४ ढोरपाटन दैनिक
Next Article ‘मतपेटिका जोगाउन’ बागलुङमा चार दलका आ-आफ्ना ताला