बागलुङ, ८ मंसिर– आइतवार सम्पन्न हुने पहिलो चरणको निर्वाचन अन्र्तगत बागलुङका सबै मतदान केन्द्रमा मतदान अधिकृत सहितका कर्मचारी पुगेका छन् । उनीहरुले निर्वाचन सामाग्री, मतपेटिका लगायतका सबै आवास्यक सामाग्री पु¥याएर तोकिएका केन्द्रको चौघेरा तोकेर मतदान केन्द्र बनाइएको औपचारिक जानकारी समेत दिएका छन् । सदरमुकाम देखि १ सय देखि १ सय ४० किमी सम्मका मतदान केन्द्रमा खटिएका कर्मचारीले आफ्नो गन्तव्यमा पुगेर बसिसकेको जानकारी दिएका छन् ।
निसी, बोहोरागाउू, तमान, खुंखानी जस्ता गाउूमा कम्तिमा दुइ दिनमा मात्र पुग्न सकिने भएकोले कर्मचारी केही दिन अघिनै हिडेका थिए । बागलुङमा १ सय ३ मतदान स्थल अन्र्तगत १ सय ९९ मतदान केन्द्र तोकिएको छ । ती केन्द्रमा १ हजार ५ सय ८८ कर्मचारी र उत्तिकै संख्यामा प्रहरी पनि खटिएका छन् । बागलुङमा १ लाख ६७ हजार २ सय ८२ मतदाता छन् । ती मध्ये ८७ हजार भन्दा धेरै महिला मतदाता छन् ।
यसैबिच पदीय म¥र्यादा मिचेर राजनीतिक दलको कार्यक्रममा प्रचार प्रसारमा हिडेका यहाूका केही कर्मचारी र शिक्षक कारवाहीमा परेका छन् । झण्डा बोकेर प्रचारमा हिडेको अवस्थाका तस्बिर लगायतका प्रमाण भेटेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले कारवाही गरेको हो । सरकारी तलबभत्ता खाएका, कार्यालयमा हाजिर गरेर प्रचरमा हिडेका लगायतका घटनामा उनीहरुलाई कारवाही गरिएको हो । ‘आचारसंहिता उलंघन गरेका, प्रत्यक्ष राजनीतिमा लागेर पदको दुरुपयोग गरेकालाई कारवाही गरेका छौ“स्ं’ मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पंडितले भने, ‘पहिलो चरणमा स्पष्टीकरण सोधेका छौं, कतिपयलाई निर्वाचन अधिकृतको कार्यालयमा हाजिर गराउने र त्यतिले नभए निर्वाचनमा पनि खट्नबाट वञ्चित गराएका छौं ।’
प्रमाण सहित आएका उजुरीको क्रममा १८ जना कर्मचारी कारवाहीमा परेको उनले बताए ।राजनीतिक दलका कार्यकर्तालाई पनि आचारसंहिता उलंघनमा स्पष्टीकरण सोधिएको थियो । समयमा सवारी साधन दर्ता नगरी पार्टी प्रचारमा हिडेको, तोकिए भन्दा ठूला र रंगित पोष्टर टाूसेको लगायतका घटनामा उनीहरुलाई स्पष्टीकरण सोधिएको थियो । कतिपयले भने सुधार गर्दै लगेपछि समस्या समाधान भएको पंडितले बताए । ‘अघिल्ला निर्वाचनको तुलनामा सभ्य प्रचार भयो’ पंडितले भने, ‘बजारमा चर्का आवाज बजाएर हिड्ने प्रवृत्ति पनि अन्त्य भयो ।’ पार्टीको भातृ संगठनको रुपमा काम गर्ने संस्थाका पदाधिकारीलाई पनि निर्वाचनमा नखटाउने निर्णय भएको उनले बताए ।
Previous Articleदुर्लभ सेतो गोही भेटीयो
Next Article स्वच्छ निर्वाचनका लागि आचारसंहिता पालना