बागलुङ, ६ मंसिर– प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिदै जाँदा बागलुङका युवाहरु बामपन्थी गठबन्धनका उमेदवारहरुलाई विजयी बनाउन जुर्मुराएका छन् । देशमा स्थिर सरकार निर्माण गरी रोजगारी सिर्जना गर्न तथा विदेश जाने युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नका लागि बाम गठबन्धनले ल्याएको घोषणा पत्र र बामपन्थी सरकारहरुले विगतमा गरेका कामले आफुहरुलाई प्रभावित बनाएको युवाहरुले बताएका छन् ।
मंगलवार बिहान बागलुङ नगरपालिका वडा नंं ४ उपल्लाचौरमा आयोजित युवा भेलाका सहभागी युवाहरुले बामपन्थी दलहरुको काम गर्ने प्रतिवद्धता, विगतमा गरेका उदाहरणीय कार्यहरु र बामपन्थी उमेदवारहरुको राजनाीति प्रतिको समर्पणका कारण आफुहरुले बाम गठबन्धनका उमेदवारहरुलाई विजयी बनाउन सक्रिय भएको बताए । नेपाली कांग्रेसले पटक पटकका निर्वाचनबाट बहुमत पाएर पनि आफ्नै कारणले ५ वर्ष शासन सञ्चालन गर्न नसकेको भन्दै युवाहरुलाई अबको निर्वाचनबाट निर्धक्कसंग ५ वर्ष शासन सञ्चालनका लागि बामपन्थी गठबन्धनलाई विजयी बनाउनु पर्नेमा जोड दिए ।
बानपा ४ का २ सय जना युवाले प्रदेशसभा र प्रतिनिधिसभाको यस पटकको निर्वाचनमा बाम गठबन्धनका सूर्य चिन्हका उमेदवारलाई विजयी बनाउन मंगलबारदेखि कम्मर कसेर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा बागलुङ क्षेत्र नं. १ का साझा बाम उमेदवार डा.सूर्य पाठक र प्रदेशसभाका साझा बाम उमेदवार इन्द्रलाल सापकोटाले निर्वाचनका समयमा युवाहरुलाई विभिन्न प्रलोभनदेखि डर त्रास समेत देखाउन प्रवृतिको अन्त्यका लागि सक्रिय हुन युवाहरुलाई आग्रह गरेका थिए ।
उमेदवारहरुले युवाहरुलाई सिर्जनात्मक, रचनात्मक र आयमुलक काममा लगाउन, स्वदेशमा खेर गैरहेका स्रोत र साधनको अधिकतम उपयोग गरी स्वदेश मै रोजगारी सिर्जनाका लागि सबै भन्दा पहिला त्यसखालको नीति आवश्यक पर्ने भएकाले आफुहरुले नीति निर्माणमा योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
बागलुङ नपामा युवा भेला, युवाहरुले भने पुर्णरुपले सघाउँछौं
Previous Articleसादगी उम्मेदवारको माला बिहीन चुनावी अभियान
Next Article ६ मंसिर २०७४, ढोरपाटन दैनिक