बागलुङ, ६ मंसिर– बाम गठबन्धनबाट बागलुङ निर्वाचन क्षेत्र न १ को २ मा बाम गठबन्धनका साझा उम्मेदवार कृष्ण थापाले निर्वाचनको मुखमा आएर जनताको मत पैसाले किन्ने प्रयत्न हुनथालेको भन्दै त्यसको प्रतिकार गर्न आह्वान गरेका छन् । जैमिनीनगर पालिका वडा न. ५ बिनामारेमा भएको चुनावी भेटाघाट तथा घरदैलो काक्रममा थापाले जनताको अमुल्यमत पैसाले किन्ने प्रयत्न भइरहेको बताउँदै सचेत जनताले प्रतिकार गर्नु पर्ने बताए । पैसाको भरमा चुनाव जित्नेहरु चुनाव पछि पैसा असुल गर्नमा लाग्ने भएकाले त्यस्ताबाट विकासको अपेक्षागर्न पनि नसकिने थापाको भनाई थियो । थापाले पैसाले मत किन्नु निर्वाचन आचार संहिता विपरित हुने बताउँदै त्यस तर्फ ध्यान दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई गरे । थापाले बाम गठबन्धनका उमेदवारहरु जनताका इमानदार सिपाइ भएकाले पैसाको पछि नलागि बाम गठबन्धनका उमेदवारलाई मतदान गर्न समेत गरे ।
अभियानकै क्रममा बिनामारेबाट नेपाली कांग्रेसका २ दर्जन भन्दा बढि कार्यकर्ता बाम गठबन्धनमा प्रवेश गरेका छन् । संकटकालिन समयमा कृष्ण थापाकै नेतृत्वले आफुहरुलाई संरक्षण गरेको भन्दै साविकको बिनामारे गाविस वडा न. १ बाझाखेतका नारायण शर्मा लगायत २१ जना नेपालीकांग्रेसका कार्यकर्ताहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेको बिनामारेबाट सञ्जाल शर्माले जानकारी दिए । उमेदवार थापाले जनमोर्चामा प्रवेश गर्नेहरुलाई सदस्यता प्रदान गरेकाथिए । कार्यक्रम अखिल नेपाल युवक संघ जैमिनीनगर पालिका ५ बिनामारेका अध्यक्ष हरि पौडेलको अध्यक्षतामा सम्पन्नभएको थियो ।
यसैबिच बाम गठबन्धनका उमेदवारहरुलाई जिताउने लक्ष्यका साथ संयुक्त निर्वाचन परिचालन कमिटिले बागलुङको काठेखोला गाउँपालिकामा सञ्चालन गरेको तेस्रो चरणको चुनावी अभियान सोमबार सकिएको छ । पहिलो चरणमा अभियान सञ्चालनका लागि योजना निर्माण गरेर सबै वडामा निर्वाचन परिचालन कमिटि गठन, निर्वाचन सम्पर्क कार्यालय स्थापन लगायतका काम सम्पन्न भएका थिए । दोस्रो चरणमा टोलसभा, भेला, घरदैलो लगायतका कार्यक्रम कात्तिक १८ गतेदेखि शुरु गरी २३ गते सम्पन्न भएको थियो । एक हप्ते अभियानका क्रममा ३६ वटा टोलसभा, घरदैलो लगायत १ हजार ५ सय जनासंग उमेदवारहरुले प्रत्यक्ष भेटघाट गरेको जनाइएको छ । तेस्रो चरणमा प्रतिनिधिसभाका साझा बाम उमेदवार डा.सूर्य पाठक र प्रदेशसभाका उमेदवार इन्द्रलाल सापकोटा सहितको टोलीले कात्तिक २८ गते काठेखोला गाउँपालिका वडा नं. ७ रेशबाट चुनावी सभा शुरु गरेर मंसिर ४ गते वडा नंं १ पालामा सभा गरिएको हो । निर्वाचन प्रचारको तयारीदेखि प्रचार अभियानका विभिन्न कार्यक्रमहरु सकिएकाले अब मत संरक्षण अभियानमा लागिने राष्ट्रिय जनमोर्चा काठेखोला गाउँपालिकाका संयोजक लक्ष्मण पुनले बताए । अब मतदातालाई विभिन्न प्रलोभन देखाएर प्रभावित गराउने काम हुन्छ, त्यसलाई रोक्नका लागि स्थानीय स्तरमा नेता कार्यकर्तालाई सक्रिय रहन गठ बन्धन नेतृत्वले निर्देशन दिएको छ ।
निर्वाचनको प्रचार अभियानमा सक्रिय उमेदवारहरु प्रतिनिधिसभाका डा.सूर्य पाठक र प्रदेशसभाका इन्द्रलाल सापकोटाले गाउँ गाउँमा जनताले देखाएको सद्भाव, सक्रियता र सल्लाह सुझावले थप उत्साहित बनाएको बताएका छन् । यस्तै बाम गठबन्धनको चुनावी सभा ताराखोला गाउँपालिका १ माझखर्क मंगलवार सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा बागलुङ क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य देबेन्द्र पौडेल सुनिलले देशको विकास र समृद्विको लागि बाम एकता भएको बताउदै कांग्रेसले बाम एकता देखेर भ्रमको खेती गर्दै हिडेको भन्दै मतदातालाई भ्रममा नपर्न आग्रह गरे । सभामा नेकपा माओवादी केन्द्र जिल्ला इन्चार्ज फमलाल निउरे ताराखोला गाउँपालिका प्रमुख प्रकाश घर्ती, प्रदेश सभाका समानुपातिक उम्मेदवार धन बहादुर बिक हिमाल, दिलमाया रोका पुन, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य संजय कुमार श्रेष्ठ र नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य दिवस खत्री, ताराखोला गाउँपालिका वडा नं १ का वडा अध्यक्ष यम बहादुर श्रीसले मन्तव्य राखेका थिए ।
चुनावी सभा बाम गठबन्धन निर्वाचन परिचालन अमरभुमि संयोजक जनक घर्तीको अध्यक्षता वाईसीएल जिल्ला सदस्य चन्दकुमार नाउसा मताको स्वागत मन्तव्य वाईसीएल अमरभुमी संयोजक देव घर्ती मगर सञ्चालनमा सम्पन्न भएको थियो । चुनावी सभामा नेपाली काङ्ग्रेसका २० जना भन्दा बढी कार्याकर्ता बाम गठबन्धनमा प्रवेश गरेका छन । प्रदेश सभा सदस्यका साझा उम्मेदवार चन्द्र बुढा सागर मतदाताको घरदैलोमा भोट माग्न व्यस्त छन । मंगलबार बिहान उनीहरुले जिल्लाको गलकोट नगरपालिका ३ हटिया बजारमा घरदैलो तथा जनभेटघाट गरे । यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष तथा क्षेत्र नं १ को १ का उम्मेदवार इन्द्रलाल सापकोटा सहितको टोलीले मंगलवार बागलुङ नगरपालिकाका बिभिन्न वडाहरुमा घरदैलो तथा चुनावि सभा सम्पन्न गरेका गरेको छ । चुनावि सभामा बोद्यलै उम्मेदवारहरुले निर्वाचनको अन्तिम समयमा मतदातालाइ आकर्शण गर्न खर्चहुने पैसाको बिरुद्धमा उठ्न कार्यकर्ताहरुलाइ आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै सापकोटाले पैसाले मत किन्न खोज्नेहरुको बिरुद्धमा लाग्नुपर्ने बताए ।
लामो समय सम्म देशले सकस बेहोर्नु परेको भन्दै सापकोटाले देशलाइ निकास दिन बाम उम्मेदवारहरुलाइ जिताउन आग्रह गरे । कार्यक्रममा बोल्दै क्षेत्र नं १ का बाम साझा उम्मेदवार सुर्य पाठकले जनताको हित अनुकुल निति निर्माणको लागी आँफुलाइ जिताउन आग्रह गरेका थिए । सो अवसरमा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण केसी, राष्ट्रिय जनमोर्चाकी महिला नेतृ लक्ष्मी बास्कोटा लगायतले बोलेका थिए ।उता तमानखोला गाउँपालिकाको खोलेसबाङमा पनि मंगलवार चुनावी सभा सम्पन्न भएको छ । नगर प्रमुख देव कुमार नेपालीको प्रमुख आतिथ्यता, प्रदेश सभा उमेदवार टेकबहादुर घर्ति र माओवादी नेता चन्द्र अर्यालको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा तीनै जना वक्ताले बामपन्थि उमेदवारहरुलाई मतदान गर्न मतदातालाई आग्रह गरे । एमालेका लिलाबहादुर पुनको अध्यक्षता, माओवादी केन्द्रका सुर्य सिर्पालीको स्वागत मन्तव्य तथा राष्ट्रिय जनमोर्चाका डोरबहादुर क्षनेत्रीको सञ्चालनमा कार्यक्रम सम्पनन भएको थियो । यस्तै तमानखोला गाउँपालिकाकै नर्जा र लाममेलामा पनि चुनावीै सभा सम्पन्न भएको छ ।
चुनावी सभामा ढोरपाटन नगर प्रमुख देवकुमार नेपाली, प्रदेश सभा उमेदवार टेकबहादुर घर्ति र माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा ढोरपाटन नगर अध्यक्ष चन्द्रलाल अर्यालले संबोधन गरेका थिए । सभामा स्थानीय झाँकी पञ्चेवाजा र आमा समुह लगायतका स्थानीय संघ संस्थाले सम्मान समेत गरेका थिए । पछिल्लो समय बामगठबन्धन प्रति जनलहर छाएको र गाउँ गाउँमा उमेदवार सहितको चुनावी सभालाई तीव्र पारिएको माओवादी केन्द्रका नगर अध्यक्ष अर्यालले बताए । जनभेटघाट मतदान गर्ने तरिका सिकाउँदै अभियान चल्दै छ ।
मत किन्न खोजे प्रतिकार गर्न बाम उम्मेदवारहरुको आग्रह
Previous Articleजन्मथलोमा घरदैलो गर्दै कांग्रेस उम्मेदवार
Next Article निर्वाचनमा सतर्कता