बिजय राना
चुनाव हुन अब ६ दिन मात्र बाँकी छ । त्यसैले पनिचौतर्फी चुनावी सरगर्मी छ । बागलुङबाट २ प्रतिनिधी तथा ४ प्रदेश सभाको सदस्य बन्नको लागि उमेदवार÷दल÷नेताकार्यकर्ताहरुले जनभेटघाट, घरदैलो, कोणसभा आमसभा लगायतका विभिन्न क्रियाकलाप तिब्र रुपमा अगाडी बढाइरहेका छन् । जसको कारण हिँजो आजका सामाजिक सञ्जाल र सञ्चार माध्यामहरु तिनै चुनावी कार्यक्रमका तस्विरहरुले रङ्गिन बनिरहेका छन् । उमेदवार तथा नेता कार्यकर्ताहरु किसानकै खेतबारिमा पुगेर मत मागिरहेका छन् जसका कारण किसानहरुलाई समेत चुनावी रन्कोले तताएको छ । चुनावको मिति ह्वातै नजिकिएकोले पनि पसल, चोक–चोकमा पनि चुनावी कुरानै चल्छन् । कुनै व्यक्ति भेट हुँदा साथ चुनावी प्रसङ्गले नै प्रथामिकता पाउन थालेको छ । सामान्यतया नेपाली संस्कारमा अहिले सम्म पनि विषयगत रुपमा कुरा तथा छलफल गर्ने प्रचलन छैन । त्यो अँझ बढि राजनितिमा देखिन्छ । प्राय नेपालीहरु कुन उमेदवारको मुद्धा के छ ? कुन राजनितिक दलले कस्तो एजेण्डा लिएको छ ? कार्यान्वयनको पक्ष कस्तो छ ?भन्नेमा भन्दा तं फलानो पार्टी र म फलानो पार्टी भन्नेमा बाहेक तर्क र बहस हुँदैनन् । यसो हुनु एक बिडम्बना हो । यसले आम मानिस, नेता तथा कार्यकर्ताको कमजोर चेतना स्तर बारे बताउँछ । तर्क र बहसहरु अब अङ्कगणितमा नै ज्यादा केन्द्रितछन् । विशेष गरि जिल्लामा बामहरु गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएको छ भने नेपाली कांग्रेस राप्रपालाई साथमा लिएर प्रतिस्पर्धी बनिरहेको छ ।
जिल्लामा मुख्य प्रतिस्पर्धा अब यी नै दुई पक्ष हुन् । स्थानीय तहको मत संख्यालाई आधार मान्ने हो भने बागलुङमा बामहरुले क्लिन स्वीप गर्छन भन्ने त्रास कांग्रेस तथा आम समुदायमा पाइन्छ । तथ्याङ्क अनुसार बागलुङ क्षेत्र न. १ मा जम्मा सदर मत ५२ हजार ४ सय ३२ मध्ये बामपन्थिहरुले २८ हजार २ सय ९३ मत प्राप्त गरेका छन् त्यो बामपन्थिहरुले प्राप्त गरेको ५३.९६ प्रतिशत मत हो । नेपाली कांग्रेसले २३ हजार १ सय ३९ मत छ त्यो ४४.१३ प्रतिशत हुन आउँछ । बागलुङ क्षेत्र न. २ को तथ्याङ्कलाई पनि हेर्ने हो भने बामपन्थिहरुै ब्रचस्व रहेको पाईन्छ । स्थानीय निर्वाचनको तथ्याङ्कलाई मान्दा जम्मा सदर मत ४४ हजार ५ सय ७४ रहेको छ । जसमा बामपन्थिहरुले ५९.५४ प्रतिशत मत प्राप्त गरेका छन् अर्थात २५ हजार ५ सय ४० मत बामको पोल्टामा देखिन्छ । त्यसमा नेपाली कांग्रेसले ४०.४६ प्रतिशत अर्थात १८ हजार ३४ मत प्राप्त गरेको छ । त्यस कारण पनि अहिले नेपाली कांग्रेस बागलुङका बामपन्थिहरुले क्लिन स्वीप गर्छन भन्ने त्रासमा छ । दोस्रो संविधान सभाको निर्वाचनको समयमा तीन वटै क्षेत्र नेपाली कांग्रेसले जित्यो । बामपन्थिहरु मिल्न नसक्दा त्यसको फाईदा कांग्रेसले उठायोे । बामहरुको विभाजनको फाइदा सदैव नेपाली कांग्रेसले उठाउने गर्छ । बामपन्थिहरु बिभाजन हुँदा नै स्थानीय तहको निर्वाचनमा बागलुङमा नेपाली कांग्रेस पहिलो दल बन्यो । निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चा बिच चुनावी तालमेल भए पनि जिल्लाका सबै ठाउँमा त्यो कार्यान्वयन हुन सकेन । माओवादी केन्द्र छुट्टै चुनाव लड्यो जसको प्रतक्ष वा अप्रक्ष फाइदा नेपाली कांग्रेसले नै लियो ।
विस्तारै त्यो परिस्थिति बदलिएको छ । बाध्यताले नै भए पनि अहिले जिल्लाका तीनवटै बामपन्थि शक्तिहरु नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्र एक भएर चुनावी मैदानमा उत्रिएका छन् । उनीहरुको बिचको आन्तरिक तालमेल गाउँ तह देखि सिङ्गो जिल्ला तह सम्मनै व्यापक सुधारिएको पाउन सकिन्छ । स्थानीय तहको चुनावममा तालमेल गरेका राष्ट्रिय जनमोर्चा र एमालेले गाउँ तहमा रहेका केही विवादहरु मिलाउन नसक्दा जैमिनी नगर पालिका लगायतका केही क्षेत्र गुमाउन पुगेको थियो । तर आज जिल्लाभरको अवस्थालाई हेर्ने हो भने माओवादी, एमाले र जनमोर्चा बिच खासै विवाद रहेको पाइदैन भने जिल्लाका सबै ठाउँका नेता तथा कार्यकर्ताहरु उत्साहका साथ संयुक्त रुपमा चुनावी प्रचार–प्रसार तथा चुनावी कार्यक्रममा होमिएको पाइन्छ यस कारण पनि अहिले नेपाली कांग्रेस बाम गठबन्धनबाट ज्यादानै त्रसित छ । नेपाली कांग्रेसलाई अहिले समस्या बाम गठबन्धन र बाम माहोल मात्रै होइन । नेपाली कांग्रेस भित्रकै आन्तरिक समस्याले पनि त्रसित बनाइरहेको छ । नेपाली कांग्रेस बागलुङको जिल्ला अधिवेशन सकिएको लामो समय बिति सक्दा पनि रिक्त पद पुर्ति हुन सकिरहेको छैन । त्यस कारण नेतृत्व पक्ति अहिले पनि नेता÷कार्यकर्ताको तिखो आलोचना खेप्न बाध्य छ ।
जिल्ला समन्वय समितिको निर्वाचनमा समेत हार बेहोर्नु प¥यो अँझ कानुनतः जिल्ला समन्य समितिको उप–प्रमुखमा महिला उमेदवार बनाउनु पर्नेमा पुरुषनै उमेदवार बनायो जसका कारण उप–प्रमुख पदबाम गठबन्धनले स्वतः बिनाप्रतिस्पर्धी हात पा¥यो । त्यसले पनि नेपाली कांग्रेसको नेतृत्वले कार्यकर्ताको तिखो आलोचना खेप्नु प¥यो । आलोचना मात्र होइन जिल्लाको नेतृत्व क्षमता प्रति नै प्रश्न चिन्ह खडा गरेको छ । त्यसबाहेक पनि श्रोतका अनुसार नेपाली कांग्रेसमा धेरैनै विवादका विषयहरु छन जसका कारण कार्यकर्ताहरु अहिले पनि उत्साहित भएर चुनावमा लाग्न सकिरहेका छैनन् । कांग्रेस भित्रको अर्को समस्या कांग्रेसका नेता तथा कार्यकर्ताहरु नेतृत्वको आलोचना गर्नमा नै कन्द्रित छन् । आलोचनामा नै रमाइरहेका छन् । खास गरि पार्टी सभापति दिपेन्द्रले पार्टी विगा¥यो, दिपेन्द्र सभापति हुन्जेल सम्म बागलुङमा काग्रेस बन्दैन भनेर नेतृत्वको आलोचना गरेर बस्ने कांग्रेसी कार्यकर्ताकै चरित्रले पनि सिङ्गो पार्टी पंक्ति र कांग्रेस प्रति आस्था राख्ने जनसमुदायलाई निराश बनाइरहेको छ । फितलो आन्तरिक व्यवस्थापनकै कारण उसको गति उच्च हुन सकिरहेको छैन । नेपाली कांग्रेसको गति नमिलेको कारण पनि धेरैको अनुमान यो छ किबागलुङमा प्रतिनिधि तथा प्रदेश सभाका ६ वटै स्थान नेपाली कांग्रेसले गुमाउँदैछ । नेपाली कांग्रेसको आन्तरिक गति मिलेको भए पनि बामहरुलाई कठिन हुन सक्थ्यो । किनकी संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेसले तीन वटै सिट आफ्नो हातमा पारेको हो ।
कांग्रेसको राम्रो जनाधार भएको यस ठाउँबाट अब भने बामपन्थिहरुलाई पन्छाउन फलामको चिउरा चपाउनु सरह नै हुने देखिएको छ । तथापी निर्वाचन हो । गोप्य मताधिकार हुन्छ । अमेरिकी निर्वाचनमा जस्तो प्रचार हिलारी क्लिन्टनको हुने जित डोनाल ट्रम्पले हात पारेजस्तै चुनावी माहोल बामपन्थिको पक्षमा देखिने जित चाहीँ कांग्रेसले पा¥यो भने पनि त्यसलाई अन्यथा मान्न सकिदैनन । सम्भावनाका चिजहरु सयमा सय प्रतिशत हुन्छ भन्ने हुँदैन । अहिले खास गरि बाम गठबन्धनका कारण चुनावी माहोल पनि बाम गठबन्धनको पक्षमा देखिएको छ । स्थानीय तहको निर्वाचनको तथ्याङ्कलाई आधार मान्ने हो भने त्यही नै सत्य हो । त्यस बाहेक नेपाली कांग्रेस भित्रको आन्तारिक समस्याले पनि बाम गठबन्धनलाई उत्साहित बनाइरहेको छ । नेपाली कांग्रेसस्वयम आप्mनै गति सुस्त छ त्यस कारण पनि अधिकांस कांग्रेसी कार्यकर्ता र कांग्रेस प्रति आस्था राख्ने समुदायको मनस्थितिमा बागलुङमा बामहरुले क्लिन स्वीप गर्छन भन्ने मनोवैज्ञानिक त्रास पाइन्छ । तथ्याङ्कलाई आधार मान्दा पनि त्यस्तै परिस्थिति आउन सक्ने अनुमान गर्न सकिन्छ ।