बागलुङ, ५ मंसिर– बाम गठबन्धनको चुनावी सभा गल्कोट नगरपालिका १ दुदिलाभाटीमा सोमबार सम्पन्न भएको छ । सभामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पुर्व उप्रधानमन्त्री चित्र बहादुर केसीले बामगठबन्धनका कारण नेपाली काँग्रेस अत्तालिएको बताउदै विचार मिल्ने सककग गठबन्धन गर्दा कसैले टाउको दुखाउन नपर्ने बताए । सोहि अवसरमा बागलुङ क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य देबेन्द्र पौडेल सुनिलले समाजवादी प्रणाली, जनमुखी सरकार, सुशासन, न्याय, विकास र समृद्विको लागि बाम एकता भएको भन्दै बाम गठबन्धनलाई मतदान गर्नु पर्ने बताए । त्यस्तै बागलुङ क्षेत्र नं २ प्रदेश सभा सदस्य चन्द्र बुढा सागरले बाम गठबन्धन नै जनताका ईच्छा आकांक्षा पुरा गर्ने शक्ति भएकाले जनता प्रति बामगठबन्धन सदैव उत्तरदायी बन्ने बताए । सो अवसरमा राष्ट्रिय जनमोर्चाका गलकोट नगर संयोजक टंक केसी, नेकपा एमालेका गलकोट नगर संयोजक डम्मर श्रीस र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ज्ञामनाथ गैरे अनिलले मन्तव्य राखेका थिए । चुनावी सभा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य नेत्र बुढाथोकीको अध्यक्षता नेकपा एमालेका गलकोट नगर सचिव पदम कार्कीको स्वागत र नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य जीवन भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष एबं निर्वाचन क्षेत्र नं १ को १ का उम्मेदवार इन्द्रलाल सापकोटाले बाम गठबन्धनको बिजय सुनिस्चित भैसकेको बताएका छन् । सोमबार जिल्लाको पालामा भएको चुनावी अभियानमा संबोधन गर्दै सापकोटाले यस्तो बताएका हुन । गठबन्धनको पक्षमा जनलहर आएको भन्दै सापकोटाले सकरात्मक सन्देश वाताबरण बनाउन सहयोग गरेकोमा मतदाता तथा कार्यकर्ताहरुलाइ धन्यवाद समेत दिए । कार्यक्रममा बोल्दै क्षेत्र नं १ का साझा बाम उम्मेदवार सुर्य पाठकले इतिहाँस बदल्ने बेला आएको बताए । कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण केसी, एमाले नेता हिरा कसी, डिल्लीराज गौतम, हरिनारायण गौतम, अञ्जु जिसि लगायतले बोलेका थिए । यसैबिच नेकपा माओवादी केन्द्र स्थायी समिति सदस्य तथा प्रतिनिधि सभा बागलुङ क्षेत्र नं २ का साझा बाम उम्मेदवार देबेन्द्र पौडेल सुनिलले देशभर बामपन्थी जनलहर बढेको भन्दै बागलुङमा पनि बाम शक्तिको जित सुनिश्चित भएको बताएका छन । बागलुङको गलकोट नगरपालिका ४ डाककडाखेतमा बाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै यस्तो बताएका हुन ।
पौडेलले भनें ‘अब १० वर्ष कम्युनिष्टको सरकार बन्ने निश्चित भईसकेको छ त्यसैले यो पटक मत खेर नफाल्नुहोस ।’ आफुले मध्यपहाडी लोकमार्गको स्तरोन्नति, गलकोट हुककदै ताराखोला, म्याग्दी, मुस्ताङ सम्म जोडने करिडोर, घुम्टे लेक, निलुवा, गाईघाट झरनालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, बागलुङ जिल्ला भर सडक सञ्जाल, कृषि, पर्यटन र युवा स्वरोजगारमा कार्ययोजना निर्माण गर्न प्रतिवद्व रहेको बताए । गलकोट नगरपालिकामा ५० सैयाको अस्पताल र प्रावधिक क्याम्पस निर्माण गर्ने उद्घोष गरे । अब प्रति व्यक्ति वार्षिक आय ५ लाख पुराउने पौडेलको भनाई रहेको छ । चुनावी सभामा बागलुङ क्षेत्र नं २ क का प्रदेशसभा सदस्य चन्द्र बुढा सागरले बागलुङमा बामपन्थीको संगठन जनआधार, देशव्यापी वर्तमान मनोविज्ञान र बामपन्थी एकताको कारण जित सुनिश्चित भएको बताए । राष्ट्रको समृद्वि र विकासको लागि बामगठबन्धनलाई मतदान गर्न आग्रह गरे । चुनावी सभामा नेकपा एमालेका जिल्ला सदस्य बुल बहादुर केसी, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य पदम श्रेष्ठ, युवा बामपन्थी नेता लोकेन्द्र सुवेदीले मन्तव्य राखेका थिए । चुनावी सभा नेकपा माओवादी केन्द्रका डिल बहादुर क्षेत्रीको अध्यक्षता बाम बुद्विजीवी धन बहादुर खडकाको स्वागत र एकिकृत अखिल नेपाल शिक्षक संगठनका गलकोट नगर समिति अध्यक्ष चुडामणि शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
यस्तै क्षेत्र नं १ को २ का साझा उम्मेदवार कृष्ण थापा सहितको टोलीले आइतवार जिल्लाको कुश्मीशेरा र बिनामारेमा घरदैलो तथा चुनावि सभा सम्पन्न गरेको छ । चुनावी सभालाइ संबोधन गर्दै उम्मेदवार थापाले सर्वहारले नेतृत् वगर्ने बेला आएको बताए । लामो समय कांग्रेसका हातमा सत्ताको बागडोर रहँदा देशले गती लिन नसकेको आरोप लगाउँदै थापाले अब देश बिकासको गती अगाडि बढ्ने दावी गरे । कार्यक्रममा नेकपा माओबादी केन्द्र र एमाले, राष्ट्रिय जनमोर्चाका जिल्ला नेता तथा कार्यकर्ताहरुको सहभागीता थियो । टोलीले दक्षिण क्षेत्रका वडाहरुमा थालिएको अभियान अन्तिम चरणमा पुगेको जनाएको छ । अभियानका क्रममा मतदाताहरुमा देखीएको उत्साहले चुनावि परिणम राम्रो आउने अपेक्षा गरेको टोलीले जनाएको छ ।