बागलुङ, ४ मंसिर– बिश्व चर्पी दिवस बागलुङको बरेङमा आइतबार बिभिन्न कार्यक्रम गरिएको छ । दिवसको अवसरमा बरेङको सुखौरामा प्रभातफेरी एवं बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । फोहोर पानीको व्यवस्थापन र उचित प्रयोग चर्फीमा प्रयोग गरे हुन्छ सदुपयोग भन्ने मुल नाराका साथ बरेङ गाउँपालिका र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
दिवसको अवसरमा सहभागीले मानिस स्वास्थ्य र सरसफाईको लागि अनिवार्य चर्फी प्रयोग गर्नुपर्ने बताएका थिए । उनिहरुले वरपरको बाताबरण सफा राख्नुका साथै चर्फीको सही प्रयोग गर्न तर्फ सबै उमेर समुहका व्यक्ति लाग्नुपर्ने बताएका थिए । दिवसको अवसरमा आयोजित बक्तृत्वकला प्रतियोगितामा ध्रुवपती खत्री प्रथम,सुस्मा खत्री द्धितिय र रेश शर्मा तृतिय भएका थिए । महेन्द्र माविका प्राचार्य खिमबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य प्रबद्र्धक रामप्रसाद शर्माले आफनो भनाई राख्नुभएको थियो भने,वास प्राविधि गणेश शर्माको सहजिकरण,बरेङ गाउँपालिका वास संयोजक सृजना गौतमको स्वागत र शिक्षक तारानाथ शर्माको संचालनमा सम्पन्न भएको थियो ।
यसैबिच १७ औँ विश्व चर्पी दिवसको अवसरमा आइतबार बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा स्थित लक्ष्मी माविमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । काठेखोला गाउँपालिका र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको आयोजनामा सम्पन्न ‘चर्पीको महत्व’ विषयक वक्तृत्वकला प्रतियोगीतामा श्रीसा कार्की प्रथम, गोमा आले द्धितीय, उत्तम छन्त्याल तृतीय र ललिता विक सान्त्वना भएका थिए । कार्यक्रमको उद्देश्यबारे पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका सामाजिक परिचालक विजयलक्ष्मी गौतमले जानकारी दिइन । कार्यक्रमको संचालन शिक्षक बाबुराम भण्डारीले गरेका थिए ।
Previous Articleविश्वकर्मा माविमा विद्यालय सुरक्षा कार्यक्रम
Next Article ४ मंसिर २०७४, ढोरपाटन दैनिक