बागलुङ, ४ मंसिर – बागलुङ नगरपालिका–८ कालिमाटी स्थित विश्वकर्मा माध्यमिक विद्यालयमा आइतबार विद्यालय सुरक्षा तथा विपद जोखिम न्यूनिकरण परियोजना “ अन्तर्गत बिद्यालय स्तरिय परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका वडा नम्वर–८ का वडा अध्यक्ष खगराज पाण्डेले विपदबाट हुनसक्ने मानविय क्षति कम गर्न विपद न्युनिकरण कार्यक्रमले सहयोग पु¥याउन तथा वडा स्तरमा विपद न्युनिकरणका कार्यक्रममा सहयोग गर्ने प्रतिबदता व्यक्त गरेका थिए ।
कार्यक्रममा मुलपानी स्वास्थ्य चौकिका इन्चार्ज सोमराज पाण्डेर वाल क्लव अध्यक्ष वर्षा सापकोटाले मन्तव्य राखेका थिए । नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका फिल्ड सुपरभाइजर रण ब थापा र विद्यालय विपद सम्पर्क शिक्षक प्रकास केसीले सहजीकरण गरेका थिए । कार्यक्रम प्रधानध्यापक युगेन्द्रप्रसाद खनालको अध्यक्ष, विष्णु शर्माको स्वागत र लक्ष्मण विकको संचालनमा सम्पन्न भएको थियो । यूरोपियन यूनियन नागरिक संरक्षण मानविय सहायताको सहयोग र प्लान इन्टरनेशनल नेपाल तथा नेपाल गाजा डेभलव्मेन्ट फाउण्डेशनको साझेदारमी सन्चालित सो परियोजना बागलुङका ४० वटा विद्यालयमा आगामी २०१८ सेप्टेम्बर सम्म सन्चालन हुनेछ ।
Previous Articleन्वागी मेला सकियो खेलको उपाधि कालिकालाई
Next Article चर्पी दिवसमा बिबिध कार्यक्रम