बागलुङ, ४ मंसिर– नेपाली कांग्रेस काठेखोला गाउँपालिकाका अगुवा कर्याकर्तालाई चुनावी रणनीति सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस काठेखोला गाउँपालिकाको आयोजनामा भएको चुनावी रणनीति सम्बन्धी प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्दै नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य एवं क्षेत्र नम्बर १ प्रदेश सभा (१) का निर्वाचन परिचालन समिति संयोजक बसन्तकुमार श्रेष्ठले अहिले निर्वाचनमा नेपाली काँग्रेसले जित्नुको विकल्प नरहेको बताए ।
कार्यक्रममा नेपाल महिला संघकी जिल्ला अध्यक्ष शकुन्तला शर्मा, काँग्रेस जिल्ला सदस्य खिमानन्द पौडेल, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष खडक थापाले पनि प्रशिक्षण दिएका थिए । करिब डेढ सय नेता कार्यकर्ता सहभागी कार्यक्रममा नेपाली काँग्रेसका पूर्व पाटी सभापति गोविन्द कँडेल, समानुपातिक उम्मेदवार कोपिला बोहोरा, महासमिति सदस्य होमबहादुर हमाल, क्षेत्री सभापति चिरञ्जीवी गौतम लगायतले बोलेका थिए । कार्यक्रम नेपाली काँग्रेस काठेखोला गाउँपालिका सभापति ज्ञामनाथ कँडेलको अध्यक्षता सहअध्यक्ष शिव कँडेलेको स्वागत र खडक थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
यस्तै नेपाली काँग्रेस क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उमेदवार नर बहादुर पुन निरजले गलकोटको समृद्धिका लागि नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गरेका छन् । नेपाली काँग्रेस गलकोट नगरपालिका वाड नम्बर ४ को सम्पर्क कार्यालय उदघाटन तथा चुनावी सभालाई सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन् । प्रदेश सभा (१) का उम्मेदवार मञ्जेशबम मल्लले नेपाली काँग्रेसले धेरै पटक राजनीतिक अगुवाई गरेको र अब विकासको अगुवाई गर्नका लागि जनताको घरदैलोमा मत माग्दै आएको बताए । कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख रेनुका काउचा मगर, क्षेत्रीय सभापति दोर्ण कुँवर, निर्वाचिन परिचालन समिति प्रदेश १ का संयोजक फम खत्री, महाधिबेसन प्रतिनिधि मञ्जु शर्मा चालिसे, पूर्व जिल्ला सदस्य मुकुन्दसिंह भण्डारी, राम बहादुर खत्री लगायतले बोलेका थिए ।ओमबहादुर भण्डारीको अध्यक्षता, ओमकार सुवेदीको स्वागत मन्तव्य र दोर्णराज पौड्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबिच नेपालि काग्रेस क्षेत्र नम्बर २ को चुनावी अभियान ताराखोला गाउपालिका वाड नम्बर १ माझखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै उमेदवार नर बहादुर पुन निरजले विकास निर्माण र लोकतन्त्रको संस्थागत विकासका लागी नेपाली काँग्रेसको बिकल्प नभएको बताए । कार्यक्रममा समानुपाति उमेदवार मणिभन्द्र कँडेलले शिक्षा, स्वास्थ, संचार, यातयात लगायतका क्षेत्रको बिकासका लागी नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गरे । कार्यक्रममा क्षेत्रीय सभापति दोर्ण कुँवर, महाधिबेसन प्रतिनिधि मञ्जु शर्मा चालिसे लगायतले बोलेका थिए । काजिमान घर्तिको अध्यक्षता, नन्दलाल गैरेको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको कांग्रेस बागलुङले जनाएको छ ।
Previous Articleशोकलाई शक्तिमा वदलेर निर्वाचनमा खट्न सापकोटाको आब्हान
Next Article गठबन्धनको अभियान तिब्र सोकलाइ शक्तिमा बदल्न आग्रह