बागलुङ, ३ मंसिर – नेकपा एमाले बागलुङका अध्यक्ष तथा बागलुङ निर्वाचन क्षेत्र नं.१ (क) का प्रदेशसभाका उम्मेदवार इन्द्रलाल सापकोटाले शोकलाई शक्तिमा वदलेर निर्वाचनमा खट्न बामपन्थी कार्यकर्तालाई आग्रह गरेका छन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र प्रकाश दाहालको शोकमा आयोजित श्रद्धाञ्जली कार्यक्रम तथा चुनावी भेटघाट सभामा आफ्नो मन्तब्य राख्दै अध्यक्ष सापकोटाले प्रकाश दाहालको निधनले कम्युनिष्ट आन्दोलनलाई क्षति पुगेको वताए ।
प्रकाश दाहालको सपना पुरा गर्न पनि अव नेपालमा बामपन्थीको सरकार गठन गर्नुपर्ने र त्यही सरकारमार्फत समृद्धिको कार्यक्रम गर्नुपर्ने वताउदै उम्मेदवार सापकोटाले शोकलाई शक्तिमा वदलेर कम्युनिष्ट एकतालाई मजवुत पार्नुपर्नेमा जोड दिए ।
काँठेखोला गाउपालिका–२ भीमापोखरामा आईतवार दिउसो आयोजित कार्यक्रममा सापकोटाले प्रदेश सरकारमार्फत जिल्लालाई जलस्रोत, पर्यटन र पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिदै समुन्नत र समतामुलुक समाज निर्माणमा आफु लागिपर्ने प्रतिवद्धता जनाए । राष्ट्रियता, लोकतन्त्र र समृद्धिको लागि वामपन्थीले जित्नुपर्ने वताउदै उत्पिडनमा परेका नागरिकलाई सामाजिक सुरक्षा प्रदान गर्दै समाजवादको बाटोमा अगाडि वढ्न साझा वामपन्थी उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।
कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार डा.सुर्य पाठकले आफु विजयी भएमा संघिय संसदमा जनताको हकहितका पक्षमा नीति निर्माणमा आफ्नो ध्यान केन्द्रित हुने वताउदै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको विकास गरी रोजगारी सिर्जना गर्ने र युवाहरुलाई स्वदेशमा नै काम दिन वातावरण बनाउन आफु लागीपर्ने वताए ।
नेपाली काँग्रेसबाट मुुलुक सधै प्रताडित भएको आरोप लगाउदै उम्मेदवार पाठकले प्रतिस्पर्धी उम्मेदवार चम्फा खड्कालाई आफ्नो तीन बर्ष कार्यकालमा गरेको कुनै एक राम्रो काम देखाउन चेतावनी दिए । उनले भने–तीन बर्षमा जिल्लाको समग्र विकासमा कुनै माखो नमार्नेले फेरी मत माग्न लाज मान्नुपर्ने हो, तर जनतालाई झुक्काउदै अगाडि आएकालाई जनताले आफ्नो अभिमतद्धारा तिरस्कृत गर्नुपर्छ । आफुले जितेमा वृद्धि भत्ता ५ हजार पुराउने दावी गर्दै पाठकले सामाजिक सुरक्षाको नीति निर्माणमा आफ्नो ध्यान केन्द्रित हुने वताए ।
सो कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले राष्ट्रिय स्वाधिनता, मुलुकको समृद्धि र विकासका लागि वामपन्थी उम्मेदवारलाई जिताउनुपर्ने वताउदै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने वामएकता भएको दावी गरे । माओवादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण केसीले शोकलाई शक्तिमा वदलेर कम्युनिष्ट एकतालाई कायम गर्दै समाजवाद पुग्न सकेमा मात्रै कमरेड प्रकाश दाहालको सपना पुरा हुने वताए ।
नेकपा एमाले वडा कमिटीका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा नेकपा एमाले उर्जा विभागका सदस्य हिरावहादुर केसी, गाउपालिका संयोजक डिल्लीराज गौतम, काठेखोला गाउपालिका अध्यक्ष अमर थापा, वडा अध्यक्ष विद्यापति शर्मा लगायतले मन्तब्य ब्यक्त गर्दै मुलुकको समृद्धि र विकासका लागि साझा वामपन्थी उम्मेदवारलाई विजयी गराउन अपिल गरे । कार्यक्रमको सञ्चालन वडा सचिव नारायणदत्त रेग्मीले र स्वागत जिल्ला कमिटीका सदस्य गंगाकुमारी शर्माले गरेकी थिईन । सो अवसरमा रक्तिम सांस्कृतिक परिवारका कलाकारहरुले गीत र नाँच प्रस्तुत गरेका थिए ।
शोकलाई शक्तिमा वदलेर निर्वाचनमा खट्न सापकोटाको आब्हान
Previous Articleकसरी हुन्छ प्रकाश दाहाललाई जस्तो अाकस्मिक हृदयघात ?
Next Article कांग्रेस चुनावि प्रशिक्षणमा