बागलुङ, २ मंसिर– आसन्न निर्वाचनको मुखैमा बेला नयाँ शक्तिका एक नेताले पार्टी परित्याग गरेका छन । नयाँ शक्ति नेपालका केन्द्रिय पार्षद सदस्य साविक बागलुङ क्षेत्र न ३ का क्षेत्रिय संयोजक एव नयाँ शक्ति नेपालका प्रदेश समानुपातिक सदस्य उमेदवार कुशल बुढाले नयाँ शक्ति परित्याग गरि बाम गठबन्धनमा प्रवेश गरेका छन । कुशल बुढाको नेतृत्वमा निसीखोला गाउपालिकामा रहेको नया शक्ती नेपालको सबै कमिटीनै बाम गठबन्धनमा प्रवेश गरेको छ ।
बाम गठबन्धनले निसीखोलामा आयोज चुनावी सभाका क्रममा कुशलले भने नयाँ शक्ति नेपालले देशमा समृद्धि ल्याउन १० बर्ष लाग्ने भन्दै अहिलेको बाम गठबन्धनले देशलाई समृद्धि र स्थायित्व सरकारका लागी ५ बर्षमास नै त्यो काम गर्ने बताउदै पार्टी परित्याग गरेको बताएका छन ।
कार्यक्रम बाम गठबन्धनका साझा प्रदेश उमेदवार टेक बहादर घर्ती नेकपा माओवादीका केन्द्रिय नेता तुल्सीराम अर्याल, ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपाली एमालेका दधिराम अर्याल माओवादी केन्द्र ढोरपाटन नगरपालिका संयोजक चन्द्रलाल बुढा माओवादी नेतृ वलावती शर्मा लगाएतले टिका लगाई पार्टी प्रवेश गराएका थिए । बुढा यस अघिको चुनावमा एनेकपा माओवादीका सक्रिय नेता थिए बिचमा नयाँशक्ति पार्टीमा गएका उनी अहिले पुरानो घरमा फर्किएको बताएका छन ।
Previous Articleकांग्रेस नेता रामचन्द्र पौडेल सवार गाडीमा बम प्रहार
Next Article यस्तो छ पहिलो चरणको निर्वाचनका लागि सुरक्षा व्यवस्था