बागलुङ, २ मंसिर– नेपालि काग्रेसका पुर्व सांसद तथा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उमेद्धार नर बहादुर पुन निरजले नेपालि काग्रेस देशको पहिलो पार्टी भएका कारण कुनै पनि हालतमा पराजय नहुने बताए । गलकोट नगरपालिका वाड नम्बर ८ र ९ मा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन । पुनले आफु गलकोटको बासिन्दा भएका कारण यहाँको बिकास निर्माणलाई योजनाबद्ध रुपमा अगािड बढाउने बताए । बिगतमा दिनमा पनि नेपालि काग्रेसले गलकोट क्षेत्रमा बिकासको अगुवाई गरेको स्मरण गराउदै पुनले आगामि चुनावमा नेपालि काग्रेसले जित हासिल गर्ने बताएका छन् । त्यस्तै प्रदेश सभा १ का उमेद्धार मञ्जेश बम मल्लले सम्बृद्ध गलकोट निर्माण आफनो पहिलो प्राथमिकता हुने बताए ।
बिगतमा आफुले गलकोट क्षेत्रको शिक्षा, स्वास्थ क्षेत्रमा गरेको कामको स्मरण गराउदै आगामि दिनमा समेत यहाँको बिकास कार्यलाई पहिलो प्राथमिकताका आधारमा अगाडि बढाउने बताए । कार्यक्रममा नेपालि काग्रेसका जिल्ला कोषाध्यक्ष उमेश गौतम, निर्वाचन परिचालन समिति प्रदेश १ का संयोजक फम खत्री लगायतले शुभकामना मन्तब्य राखेका थिए । गलकोट नगरपालिका वाड नम्बर ८ मा सञ्चालन गरिएको कार्यक्रम नेपालि काग्रेस गलकोट नगरपालिकाका नगर सहसंयोजक ढालिन्द्रप्रसाद गौतमको अध्यक्षता सम्पन्न भएको थियो । त्यस्तै वाड नम्बर ९ मल्ममा आयोजना गरिएको कार्यक्रम नेपालि काग्रेस गलकोट नगरपालिका वाड नम्बर ९ का अध्यक्ष यज्ञप्रसाद सापकोटाको अध्यक्षता र तिर्लोक थापाको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपालि काग्रेसका जिल्ला सदस्य रामप्रसाद कडेलले मन्तब्य राखेका थिए । कार्यक्रममा नेपालि काग्रेसका क्षेत्रीय सभापति दोण कुबर, गलकोट नगरपालिकाका नगरउपप्रमुख रेनुका काउचा मगर लगायतको सहभगीता रहेको थियो । यस्तै नेपाली काग्रेसले चुनावी अभियानलाई निरन्तरता दिएको छ । यहि मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन आफनो पक्षमा मत माग्न नेपाली काग्रेसको तर्फका उम्मेदवारले घरदैलो अभियानलाई तिव्र पारेका छन । नेपाली काग्रेसको टोलीले शुक्रबार काठेखोला गाउपालिका ७ रेशमा घरदैलो अभियान सम्पन्न गरेको छ ।
घरदैलो कार्यक्रमममा बोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं निर्वतमान सांसद रत्ना शेरचनले मुलुकमा लोकतन्त्रलाई दिगो बनाउन नेपाली काग्रेस सक्रिय भएर लागेको हुदा सबैको सहयोग र साथ आवश्यक रहेको बताईन । उनले मुलकको समृद्धिको लागि नेपाली काग्रेस बाहेक अन्यबाट सार्थकता पाउन नसक्ने हुदा प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचनमा रुख चिन्हमा मतदान गर्न तर्फ लाग्नुपर्ने बताइन । घरदैलो अभियानमा प्रतिनिधि सभा क्षेत्र १ का उम्मेदवार एवं राज्यमन्त्री चम्पादेवी खडककाले जिल्लाको आर्थिक,क्षेत्र सगै समग्र विकासमा आफुले भुमिका खेल्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने हुदा विजयी गराउन आग्रह गरीन । उनले विगतका समयमा पनि यहाका नागरिकले आफुलाई साथ र सहयोग गरेको हुदा यस पटक पनि रुख चिन्हमा मतदान गरि विजयी गराउनेमा आशाबादी बनेको बताईन । क्षेत्र १ क का उम्मेदवार एवं नेपाली काग्रेसका सभापति दिपेन्द्रबहादुर थापाले जनताको चाहानलाई उच्च कदर गर्दै आएको हुदा अबको विकास नै नेपाली काग्रेसबाट हुने हुदा विजयी गराउन आग्रह गरे । लामो समयमा देखि जिल्लाका बिभिन्न स्थान र ठाउको बारेमा जानकारी रहेको हुदा विकास हुन नसकेका क्षेत्रका पहिलो प्राथमिकता दिने गरि काम गर्ने हुदा मतदान गर्न आग्रह गरे । प्रदेश सभा समानुपातिक उम्मेदवारद्धय मणिभद्र शर्मा कडेल,कोपिला बोहोरा,ले बोलेका थिए ।
Previous Articleजस्ले जितेपनी स्थिर सरकार होस–कलाकार
Next Article भोलाले बैशाखी टेकेर संसद् प्रबेश गर्ने