बालकृष्ण सुबेदी/बागलुङ, ३० कार्तिक
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनताको लागि वाम एकता अपरिहार्य भएको बताएका छन् । संयुक्त वाम गठबन्धनद्वारा जिल्लाको गलकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धि र सुव्यव्स्था आफूहरुले चाहेको उल्लेख गरे । ‘व्यवस्थामा मात्र होइन, व्यवहारमा, प्रणालीमा मात्र होइन प्रकृयामा पनि परिवर्तन चाहिएको छ’ उनले । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले दिगो सरकारले मात्र मुलुकको विकास र समृद्धिको नेतृत्व गर्ने बताए । उनले चुनावपछि वामपन्थी दलको सरकारले बन्ने दावी समेत गरे । राष्ट्रिय एकता र स्वाधीनताको रक्षा वाम दलहरुबाट मात्र सम्भव भएको भन्दै चुनावपछि वाम एकताको प्रकृया सुरु हुने उनको भनाइ छ ।
‘चुनाव लगत्तै एमाले र माओवादी केन्द्रबीचको एकता प्रकृया सुरु हुन्छ’ नेता ओलीले भने ‘शक्तिशाली कम्युनिष्ट केन्द्र स्थापना गर्दै समाजवादको आधार तयार गर्छौं ।’ राष्ट्रिय एकता र स्वाधीनतासहितको समृद्ध मुलुक निर्माण गर्ने लक्ष्य सहित वाम एकता ऐतिहासिक प्रकृया सुरु गरेको उनको भनाइ छ ।
कम्युनिष्टको बहुमत सहितको सरकारले आधारभूत तहका जनताको जिवनस्तर उकास्ने गरि काम गर्ने बताए । ‘सबै जनताको विकास र समृद्धिको आकंक्षा पुरा गर्ने गरि हामी काम गर्छौं, अब मुलुकको नेतृत्व हामी लिन्छौं’ उनले भने । नेता ओली आजै स्याङ्जा र पर्वत जिल्लामा आयोजित सभालाई समेत सम्बोधन गरेका छन् । यसैबिच
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माणको प्रकृया सुरु भएको बताएका छन् । जिल्लाको गलकोटमा आयोजित वाम गठबन्धनको चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै उनले मुलुकलाई समाजवादको युगतिर लैजाने उद्घोष गरे । आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावपछि बन्ने कम्युनिष्ट सरकारले त्यसको नेतृत्व गर्ने उनको भनाइ छ । ‘विकास र समृद्धि हुँदै आगामी दस वर्षमा समाजवादको आधार तयार गर्छौ’ उनले भने ‘मुलुकको नेतृत्व अब अरुबाट सम्भव छैन, हामी देश चलाउँछौं ।’ पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले अस्थिर सरकारकै कारण मुलुक पछाडि परेको भन्दै राजनीतिक स्थिरताका लागि वाम गठबन्धन बनेको उल्लेख गरे । चुनावपछि एमालेसँगको एकताले मुर्त रुप लिने भन्दै अन्य कम्युनिष्ट विचारका दलसँग पनि एकता गरिने बताए । ‘२०४६ तिरै कम्युनिष्ट एकताबारे हामीले सोँचेका थियो, तत्कालिन एमाले महासचिव मदन भण्डारीसँग छलफल सुरु भएको थियो’ उनले भने ‘दुर्भाग्य उहाँको असमयमै निधन भयो, प्रकृया अघि बढेन, अहिले आएर हामी एकतामा जाने निर्णय नै ग¥र्यौं ।’ उनले आफूले नेपाली राजनीतिमा बेला–बेला तरङ्ग ल्याउने गरको भन्दै एकताको निर्णयले देशमा ठूलो तरङ्ग र उत्साह सिर्जना गरेको बताए ।नेता दाहालले चितवनमा आफू विरुद्ध नेपाली काँग्रेसले फरक दलको उम्मेदवार उठाएकोमा आपत्ति जनाए । उनले नेपाली काँग्रेसले ‘रुख मासेर हलो बनाएको’ तर्क गरे । काँग्रेसकै उम्मेदवारसँग चुनाव लड्न पाएको भए बरु आफू गर्वित हुने भन्दै अहिले आफ्नो प्रतिद्वन्द्वी कोही नभएको उल्लेख गरे ।
चितवन ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका प्रचण्डले उनको निर्वाचन क्षेत्रमा कांग्रेसले आफेनो उम्मेदवारी दर्ता नगराई राप्रपाको उम्मेदवारलाई समर्थनको भन्दै यस्तो बताएका हुन । प्रचण्डले चुनावी जनसभालाई सम्बोधन गर्दै कांग्रेसलाई बीपिको समाजवाद नछोड्न समेत आग्रह गरे ।
यसैबिच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसिले बाम एकता तथा गठबन्धन देखेर नेपाली कांग्रेस अत्तालीएको बताएका छन् । केसीले नेपाली जनताको ढुकुटिबाट निर्वाचनको समयमा नेपाली कांग्रेसले पाईप बितरण गरेको बताए । केसीले गलकोटमा नेकपा एमाले नेकपा माओबादी केन्द्र तथा राष्टिय जनमोर्चा सम्बध बाम गठबन्धनले आयोजना गरेको एैतिहासिक जनसभामा बोल्दै केसीले निर्बाचनमा मतदातालाई आफ्नो पक्षमा पार्नको लागी लोभ देखाएको बताए । केसिले भने यहि बेलामा नेपाली कांग्रेसका साथिहरुले गलकोटमा पाईप बाढ्ने, बाटोमा डोजर घुमाउने, आफु अनुकुलका कर्मचारी सरुबा गर्ने तथा नियुक्त गर्ने गरेको आरोप लगाउदै नेपाली जनताको ढुकुटि रित्यायर भोट किनेको जिकिर गरे । । उनले प्रजातन्त्रको ब्याख्या गर्ने पार्टिले निर्बाचन आचार सहिता बिपरितका काम गर्दा मौन बस्नु, निर्बाचनको संघारमा मन्त्रीमण्डल बिस्तार गर्नु प्रजातन्त्रको उपहास भएको आरोप लगाए ।