बागलुङ, ३० कार्तिक– विश्व मधुमेह दिवसको अवसरमा बागलुङका लायन्स तथा लिओ क्लबले सचेतना मुलक ¥याली तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रम गरेका छन् । सो अवसरमा १०२ जना मधुमेहका विरामिले मुक्तिनाथ अस्पतालमा मधुमेह रोगको परिक्षण गराएका हुन् । लायन्स क्लव अफ धौलागिरी, लायन्स क्लव अफ बागलुङ कालिका, लायन्स क्लब अफ बागलुङ सिटी, लायन्स क्लब अफ बागलुङ, लियो क्लब अफ धौलागिरी र लियो क्लब अफ बागलुङ कालिकाको सयुक्त आयोजना र मुक्तिनाथ अस्पतालसँगको सहकार्यका कार्यक्रम गरिएको हो । कार्यक्रममा धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा. सागर राजभण्डारीले मधुमेह रोगको बारेमा सवै सचेत हुनुपर्ने भन्दै सबैले आफ्नो खानपानको बानी व्यहोरामा सुधार गर्नु पर्ने बताए । कार्यक्रममा मुक्तिनाथ अस्पतालका म्यानेजिङ डाइरेक्टर बृहस्पति कँडेल र डा. रोशन कुमार थापाले बोलेका थिए । लायन्स क्लबका डिस्ट्रिक गर्भनर काजीमान गुरुङको अध्यक्षता, डिपुटी क्याभिनेट सेक्रेटरी दुर्गा कुँवरको स्वागत तथा जोन चियर पर्सन नरेश कडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।