बागलुङ, २९ कात्तिक – देश निर्वाचनमा होमिसकेको छ । बागलुङमा पनि उम्मेदवारहरु गाउँ गाउँ र बस्ती बस्तीमा पुगेर मतदातासॅग भोट माग्न व्यस्त छन् । यतिबेला आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा एउटै गठबन्धन बनाएर चुनावमा अगाडी बढेका छन् ।
निर्वाचनलाई लक्षित गर्दै मंगलबार नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा क्षेत्र नं २ का प्रतिनिधिसभाका साझा वामपन्थी उमेद्वार देवेन्द्र पौडेल लठ्ठी टेकेरै बागलुङको बिकट ठाउँ बडिगार्ड गाउँपालिका वडा न ३ सिसाखानीमा पुगे । मोटर बाटोको असुबिधाका कारण करिब २ घण्टाको पदैल यात्रामा लठ्ठीको भरमा हिडेरै चुनावीसभालाई सम्बोधन गर्न उनी त्यहॅा पुगेका हुन् ।
‘स्थानीय बासीहरुले धेरै दुख पाएको रहेछ तपाईंको माझमा आएको छु जिताएर सिसाखानीको मुहार फेर्न पक्कै मलाई जिताउनुहुनेछ आसावादी छु ।’ उनले भने ।
कार्यक्रममा नेकपा एमाले समानुपातिक उमेदवार मोहनलाल शर्मा बागलुङ जिल्ला समन्वय समितिका उपसयोजक बिष्णु भुषाल, युवा नेता भिमसेन वन, माओवादी केन्द्र केन्द्रीय आयोजक समिति सदस्य राजिव घिमिरे, पोलिटव्युरो सदस्य बि बि खराल, नेकपा एमाले संघिय मामिला तथा स्थानीय बिकाश बिभाग केन्द्रिय सदस्य सुनिल शेरचन, नेकपा एमाले प्रदेश ४ का सदस्य प्रेम खरेल, नेकपा एमाले जिल्ला कमिटी सदस्य शान्ति अधिकारी लगाएतले मन्तव्य राखेका थिए।
लठ्ठी टेकेरै सिसाखानी पुगे वामपन्थी उमेद्वार पौडेल
Previous Articleगाैचन हत्याको रहस्य : गाडीमा थिए करोडौंका चेक !
Next Article तीन महिनामा नै २८ वैंकले कमाए ९ अर्ब ८८ करोड