तारानाथ आचार्य /बागलुङ, २८ कार्तिक – जिल्लाका अधिकांश युवा बिभिन्न संगठनको नाममा चुनावमा होमिएका बेला जैमिनी नगरपालिकाका युवाहरु भने स्थानिय बजारको सरसफाइमा जुटेका छन् । स्थानिय एक युवा क्लबको संयोजनमा जिल्लाका युवा कुश्मीशेरा बजार सरसफाईमा जुटेका हुन् । ‘सहाराको अभियान स्वच्छ नगर जैमिनीको पहिचाहन’ भन्ने नाराका साथ साहारा क्लव कुश्मीशेरामा आवद्ध युवाहरुले सोमबार सेराबजारको सरसफाई तथा चोक–चोकमा डस्विन ब्यवस्थापन गरेका छन् ।
नगरको मुख्य बजारको रुपमा रहेको सेरा बजारलाई स्वच्छ र सरसफाइ युक्त राख्दै नगरका सबै टोलहरुलाई सरसफाईको सन्देश प्रभाह गर्ने भन्दै युवाहरुले सेरा बजारको सरसफाई गरेको क्लबका अध्यक्ष सुरेश सुनारले बताए । ‘हामीले सेरा बजारको सरसफाई नमुनाको रुपमा गरेका हौं’ सुनारले भने ‘नगरका सबै टोलहरु सफा राख्ने हाम्रो अभियान हो ।’ युवाहरुको सकृयताले मात्रै सामाजिक विकास हुने भएकाले सरसफाईको कामलाई प्राथमिकतामा राखेर काम गरिएको क्लबका सदस्य नविन प्रताप जिसीले बताए । ‘हामीले चेतनाको लागि यो अभियान थालेका हौं’ जिसीले भने ‘यो सन्देशले नगरलाई सरसफाईयुक्त बनाउन सकोस् भन्ने हाम्रो मुख्य ध्येय हो ।’ क्लबले आइतबार स्थानिय सिवाईसी सहकारी, बिद्यालय, क्याम्पस, बजार व्यवस्थापन समिती प्रहरी चौकी लगायतको सहभागितामा सेरा बजारमा रहेका प्लास्टिक र फोहोरजन्य पदार्थको व्यवस्थापन गरेको छ । करिब १ सय जना युवाहरुको सहभागिातमा बजार एरिया भित्र १७ वटा डस्विन राखिएको क्लबका सदस्य जिसीले जानकारी दिए ।
सोमबार नै सरसफाईपछि भएको कोण सभामा बोल्दै जैमिनि नगरपालिका–१ का वडा अध्यक्ष भुपेन्द्र थापाले युवाहरुको सिर्जनशिल कामको प्रशंसा गरे । स्थानिय निकायको विकासका लागि युवाहरुको महत्वपुर्ण भुमिका हुने भन्दै थापाले उनीहरुको सक्रियतामा साथ दिन तयार रहेको बताए । कार्यक्रममा बोल्दै जैमिनी नगरपालिकाका प्रशासकिय अधिकृत बिष्णु प्रसाद सुबेदीले नगरपालिकाले गर्नुपर्ने काम युवाहरु गरेको भन्दै छिट्टै बजारको फोहोर व्यवस्थापनको लागि नगरपालिकाले गाडीको व्यवस्था मिलाउने बताए । कार्यक्रममा सहभागीहरुले व्यक्तिगत र संस्थागत स्वार्थ भन्दा माथि उठेर युवाहरुले गरेको कामको प्रशंसा गरेका थिए । बजार एरियामा गरेको सरसफाइको कामलाई नमुनाका रुपमा प्रस्तुत गर्दै गाउँ–गाउँसम्म अभियानलाई लैजाने योजना क्लबले बनाएको छ ।
नगरपालिका सँगको सहकार्य सरसफाई र बातावरण संरक्षणका लागि बिभिन्न कार्यक्रम गर्ने योजना रहेका क्लवका अध्यक्ष सुनारले बताए । कुश्मीशेरामा बजार व्यवस्थापन समिती क्रियाशिल रहेको भएपनि फोहोर व्यवस्थापनको लागि डस्विनको व्यवस्था मिलाइएको यो पहिलोपटक हो । ब्यवस्थापनका अन्य कामहरु गर्दै आएको भएपनि बजार व्यवस्थापन समितिले फोहोर व्यवस्थापनको लागि कुनैपनि काम गर्न सकेको थिएन । जैमिनी नगरको प्रमुख व्यवपारिक केन्द्रका रुपमा रहेको सेरा बजारमा फोहोर फाल्नको लागि डम्पीङ साईडको समस्या रहेको नगरपालिकाले बताउँदै आएको छ । उचित स्थानको पहिचाहन गरी छिट्टैनै फोहोरको व्यवस्थापनमा लाग्ने नगरपालिकाले जनाएको छ ।
Previous Articleजनमोर्चाको संघियता बिरोधि एजेण्डा थाती
Next Article २८ कार्तिक २०७४, धौलागिरी स्टार साप्ताहिक