बागलुङ, २८ कार्तिक– गल्कोट नगरपालिका–८ काँडेबासमा स्वास्थ्य चौकी भवन निर्माणको लागी काँडेबास सेवा समाज जापानले जग्गा (घडेरी) खरीदको लागी सहयोग संकलन अभियान सन्चालन गरेको छ । रोजगारीको लागि नेपालबाट बिभिन्न पेशामा आबद्ध भइ जापानमा आएका नेपालीहरूबाट काडेबास उप स्वास्थ्य चौकीको घडेरी खरिदको लागि जापानी ८ लाख संकलन भएको काँडेवास सेवा समिति जापानका सदस्य बिपिन क्षेत्रीले बताए । ‘उक्त घडेरीको लागि हामीले अझै सहयोग अभियान जारी राखेका छौ र सहयोग गर्ने महानुभावलाई हाम्रो समाजको आधिकारिक जापानी बैँक जापान पोष्ट को १०१२०–९४०३४८५१ खातामा पैसा जम्मा गराई सहयोग गर्नुहुन जापानमा रहेका नेपालीहरू सबैलाई अनुरोध गरिएको क्षेत्रीले बताए । अहिलेसम्म सहयोग गर्नुहुने दानवीर महानुभावहरूलाई काँडेवास सेवा समाज तर्फबाट हार्दिक धन्यवाद भन्दै अझै यस कार्यमा सहभागी हुन क्षेत्रीले जापानमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई अनुरोध गरेका छन् ।
Previous Articleचीनसँग बुढीगण्डकी खोसेकै दिन भारतीय कम्पनीको म्याद थप
Next Article धौलागिरी एफएमको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम