बागलुङ, २७ कार्तिक– राष्ट्रिय जनमोर्चा जैमिनी नगरपालिकाले हाल सम्म भएका संयुक्त चुनावी अभियान प्रभावकारी र उपलव्धी मुलक भएको निष्कर्श निकालेको छ । आइतवार जैमिनी नगरपालिकाको – ४ सर्कुवामा सम्पन्न आन्तरीक समिक्षा बैठकले यस्तो निष्कर्श निकालेको हो । अभियानहरुमा सहभागीको उत्साह र जनताको बाम गठबन्धन प्रतिको चासोले अभियान उपलव्धिमुलक बनेको राजमोको निष्कर्श छ । चुनावी अभियानले बाम गठबन्धन भित्र रहेका केहि तिक्तता र आसंकाहरुलाइ चिर्न सफल भएको भन्दै राजमोले यसले चुनावको नतिजामा सकरात्म असर देखा पर्ने जनाएको छ ।
बिपक्षहरुले गठबन्धन भित्र केही खेल खेल्न खोजेको भन्दै राजमोले अव गठबन्धन एउटा अब्बल पिल्लरको रुपमा खडा हुनु पर्नेमा जोड दिएको छ । संका उपसंकालाइ हटाएर एक ढिक्का भएर चुनावि मैदानमा होमीन उसले आफ्ना कार्यकर्ताहरुलाइ आग्रह गरेको एक जिल्ला सदस्यले जानकारी दिए । बैठकले बागलुङ क्षेत्र नं १ को २ का उम्मेदवार कृष्ण थापाले गठबन्धनको जितनै देशको समृद्धिको बाटो भएका बताए । गठबन्धनका जुनसुकै उम्मेदवारले पनि पराजय बेहोर्नु परे संगठन प्रति नकरात्मक असर पर्ने र मतदातामा गलत सन्देश जाने भन्दै थापाले बामगठबन्धनको पक्षमा माहोल सिर्जन ागर्न आफ्ना कार्यकर्ताहरुलाइ निर्देशन समेत दिए । उनले चुनावमा होमिन कार्यकर्तालाइ आग्रह गरे ।