नेपाली क्रिकेट इतिहासमा पहिलो चोटी नेपाली यू–१९ टोलीले भारतमाथि आइतबार १९ रनले पराजित गर्यो। भारतलाई आजसम्म नेपालले कुनैपनि लेभलको औपचारिक प्रतियोगितामा हराउन सकेको थिएन्। उक्त जितपछि नेपाली टोलीका प्रशिक्षक विनोद दासको प्रतिक्रिया उनकै शब्दमा:
पहिलोचोटी कुनैपनि लेभलको क्रिकेटमा भारतलाई हराएकोमा खुशी छ। जितको सम्पूर्ण श्रेय खेलाडीहरुलाई जान्छ। टस हारिसकेपछि चिसो विकेटमा ब्याटिङ गर्नु र त्यसमा दीपेन्द्रले खेलेको इनिङ्स ज्यादै महत्वपुर्ण रह्यो। नेपाललाई आवश्यकता परेका वेला भूमिका खेल्ने पात्रहरुको कमी छैन् भन्ने देखियो। यसलाई कसरी अर्को लेभलमा पुर्याउने भन्ने चुनौती छ।
खेलाडीहरुले विगत एक महिनामा जुन मेहनत गरेका थिए। त्यसको नतिजा स्वरुप भारत जस्तो राम्रो क्रिकेट खेल्ने देशलाई हराउन सक्यौं।दीपेन्द्रले लामो समय ब्याटिङ गरेर पनि फेरी बल समाउँदै ४ विकेट लिनु सजिलो काम हैन्। उसले देखाएको रुची र उत्साहले नै सफलता मिलेको हो।
अघिल्लो बंगलादेशसँगको खेलमा झिनो अन्तरले पराजित भएपछि पनि यूवा टोलीमा देखिएको आत्मविश्वास निकै मजबुद थियो। हामी टिम बैठकमा कुनस्तरको टिमसँग खेल्दैछौ भनेर चिन्ता गर्दैनौ। हामी आफ्नो स्तरमा केन्द्रित हुन्छौ। सोही कारण हामीमा दबाब कम हुन्छ।
Previous Articleभारतमाथि नेपालको ऐतिहासिक जित (तस्विरसहित)
Next Article वर्षमान पुनलाई लक्षित गरी गोली प्रहार