काठमाडौं, २६ कात्तिक – मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालसँग भारत १९ रनले पराजित भएको छ। नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा भारत ४८.१ ओभरमा १६६ रन बनाउँदै अल आउट भएको हो। नेपालको जितका लागि कप्ता दीपेन्द्रसिंह ऐरीले ४, पवन सरार्फ २, सहब आलामले २ विकेट लिए भने ब्याटिङतर्फ समेत कप्तान दीपेन्द्रले १०१ बलमा ८८ रन बनाए।मलेसियाको बायुमास रंगशालामा भएको खेलमा भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो। नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो।
नेपालका लागि कप्तान दिपेन्द्रसिंहले ८८ रनका लागि १०१ बलमा ६ चौका र २ छक्का प्रहार गरे। जितेन्द्रसिंह ठकुरीले ३६ र भीम सार्कीले १५ रन मात्र बनाए। शनिबार भएको पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको नेपाललाई समूह चणर पार गर्न भारतलाई पराजित गर्नै पर्ने दबाब थियो। भारतका लागि आदित्य ठाकरे र अभिषेक शर्माले दुई, दुई विकेट लिएका थिए।
एसीसी-१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल रहेको समूह ‘ए’ मा नेपालसहित भारत, बंगलादेश र मलेसिया छन्। समूह ‘बी’ मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई छन्।
Previous Articleबागलुङको निर्वाचनमा सत्ता दुरुपयोगको संकेत
Next Article आजको दिन इन्ज्वय गर्न चाहन्छौं-विनोद दास