बागलुङ, २६ कार्तिक– आगामी मंसिर १० गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको लागि बागलुङ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको सहायक निर्वाचन अधिकृत राजनीतिक दवावको आधारमा नियुक्ति गरेको खुलेको छ । जिल्ला समन्वय समितिको कार्यालय बागलुङमा स्थानीय निकायअन्र्तगत कार्यरत भेषराज शर्मालाई राजनीतिक दवावका आधारमा सहायक निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको बागलुङका एक नेताले दावी गरे । जिल्ला समन्वय समितिमा अधिकृतको रुपमा कार्यरत शर्मा नेपाली काँग्रेस निकट रहँदै आएका थिए ।
शर्मालाई सहायक निर्वाचन अधिकृतमा नियुक्ति गरेसँगै निर्वाचनमा सत्तापक्षले धाँधली गर्न सक्ने आशंका सत्ताबाहिरका दलहरुले गरेका छन् । राजनीतिक रुपमा नेपाली काँग्रेस निकट मानिएका शर्मालाई सहायक निर्वाचन अधिकृत नियुक्त गर्दा राजनीतिक हस्तक्षेप भएको हुनसक्ने विपक्षीले आशंका गरेका हुन । ‘जसले राजनीतिक आस्थाका आधारमा जागिर खायो उसैलाई महत्वपूर्ण जिम्मेवारी दिइएको छ’ एक नेताले भने ‘यसबाट संस्थागत रुपमा निर्वाचन निष्पक्ष हुनेमा विश्वास गर्न सकिन्न ।’
निर्वाचन आयोगले बागलुङ जिल्लामा मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायधिस प्रकाशप्रसाद पण्डीत र निर्वाचन अधिकृतमा न्याय क्षेत्रकै विद्याराज पौडेललाई नियुक्ती गरेको थियो । मुख्य निर्वाचन अधिकृतले नियुक्त गर्ने सहायक निर्वाचन अधिकृतमा राजनीतिक व्यक्तिको नियुक्तिले ठूलो आशंका उत्पन्न भएको दलहरुले आरोप लगाएका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शर्मालाई निर्वाचनसँग सम्बन्धीत काम बाहेक आचारसंहिताको अनुगमन गर्ने समेत जिम्मा दिइएको छ । ‘एउटा पार्टीनिकट रहेको कर्मचारीले कसरी आचारसंहिता पालनाको अनुगमन गर्न सक्ला’ ति नेताले भने ‘न्यायीक क्षेत्रबाट लिनुपर्ने पदमा राजनीतिक दवावका भरमा ल्याएर निर्वाचनमा अबान्छित गतिविधि हुने वातावरण सिर्जना हुँदैछ ।’ शर्मासँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले पुष्पराज दाहालललाई सहायक निर्वाचन अधिकृतमा नियुक्त गरेको थियो । दाहाल न्याय क्षेत्रसँग सम्बन्धीत भएपनि शर्मा न्याय क्षेत्र बाहिर रहेर नेपाली काँग्रेस निकट कर्मचारी युनियनसँघमा आवद्ध व्यक्ति हुन् ।
को हुन भेषराज शर्मा ?
२०४९ सालमा तत्कालिन नेपाली कांग्रेसबाट जिल्ला विकास समितिको सभापतीमा निर्वाचित भएका गोपाल सापकोटाको राजनैतिक निगाहामा बक्स भएका कर्मचारी हुन भेषराज शर्मा । नेपाली कांग्रेसवाट टिका लगाइ नियुक्ती पाएका शर्मा आन्तरीक रुपमा स्थानीय निकाय तर्फवाट स्थायी वनाइएको छ । उनले जागिरमा प्रवेश गर्दा जुन प्रकारको राजनैतिक नियुक्ती प्रक्रियावाट गरियो त्यस्तो व्यक्तिले कसरी मर्यादित रुपमा चुनाव गराउना सक्ला भन्ने आम जनतामा प्रश्न खडा गरेको छ । पार्टीको सिफारिसमा जागिर खाएका शर्माले नुनको सोझो त गर्नै पर्ने हुन्छ त्यसैले उहाको सहायक निर्वाचन अधिकृतको पद अयोग्य छ । निर्वाचन आयोगका सचिव बेगेन्द्र पौडेलको ठाडो आदेशमा नियुक्ती भएको गोप्य स्रोतले जनाएको छ । भेषराज शर्मा बेगेन्द्र पौडलका आफन्त समेत हुन । भेषराज शर्मा नेपाली कांगे्रस निकट कर्मचारी संघमा आवद्ध छन् ।
के अधिकार हुन्छ सहायक निर्वाचन अधिकृतको ?
सहायक निर्वाचन अधिकृतले मतदान केन्द्रमा खटाउने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई र अन्य कर्मचारी खटनपटन गर्नेसम्मको अधिकार हुन्छ भने भेषराज शर्मालाई त झन समग्र जिल्लाको आचारसंहिताको समेत मुल्याङकन गर्ने अधिकार दिइएको छ । सहायक निर्वाचन अधिकृतको विषयलाई लिएर हामिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गइ जिज्ञासा राख्दा मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डीतले जिल्ला समन्वय समितिमा निर्वाचन कार्यालय खडा गर्दा स्थानीय तहको निर्वाचनमा करीब १२ लाखको क्षती भएको बताउँदै अहिलेपनि यहाँ कार्यालय राख्दा क्षती हुन सक्ने तर यहाँका कर्मचारीहरुलाई निर्वाचनको कुनै जिम्मेवारी नदिने भनी जिल्ला समन्वय समितिको आग्रहमा भेषराज शर्मालाई सहायक निर्वाचन अधिकृतको रुपमा नियुक्ती गरेको बताए । उनले कस्ता व्यक्तिलाई नियुक्ति गर्ने भन्ने अधिकार मुख्य निर्वाचन अधिकृतलाई भएको समेत प्रतिक्रिया दिए । चक्रपथ डटकम बाट
बागलुङको निर्वाचनमा सत्ता दुरुपयोगको संकेत
Previous Articleजन गणतान्त्रिक मोर्चाको विभिन्न ठाउँमा चुनावीप्रचार
Next Article भारतमाथि नेपालको ऐतिहासिक जित (तस्विरसहित)