बागलुङ, २६ कार्तिक– चिल्ड्रेन लाईफ इङ्लीस बोर्डिङ स्कुल बागलुङको आयोजनामा बागलुङमा संचालित चिल्ड्रेन लाईफ फुटबल कप–२०७४ अन्तरगत शनिवार ४ खेल सम्पन्न भएका छन् । शनिवार भएको खेलवाट सिद्धार्थ शिक्षा सदन, भिमसेन मावि बिहु, कालीगण्डकी आवसिय मावि र अमर आदर्श आवसिय मावि बिजयी भएका छन् । शनिवार भएको पहिलो खेलमा अमृत आदर्श आवसिय माविलाई २ का विरुद्ध ४ गोल गरि सिद्धार्थ शिक्षा सदन, दोस्रो खेलमा चिल्डे«न लाइफ रातोलाई ३ का बिरुद्ध ४ गोल गरि भिमसेन मावि, तेस्रो खेलमा त्रिभुवन उच्च माविलाई ०का बिरुद्ध १ गोल गरि कालीगण्डकी आवसिय मावि र चोथौ खेलमा गरिमा आवसिय माविलाई ० का बिरुद्ध ४ गोल गरि अमर आर्दश आवसिय मावि बिजयी भएको छ ।
अन्य तिन खेल भन्दा भिमसेन मावि बिहु र चिल्डे«न लाइफ रातोका बिच भएको प्रतिस्पर्धात्मक खेल शुन्य बरावरीमा सकिएपछि पेनाल्टी सुट आउट मार्फत भिमसेन मावि बिजयी भएको हो । आजको पहिलो खेल दिउँसो १ बजे फ्युचर ब्राइटर बिरुद्ध रेश नुनथला मावि, दोस्रो खेल साढे २ बजे युएस एकेडेमी बिरुद्ध न्यू लाइफ सेकेन्डरी स्कुल गल्कोट र अन्तिम खेल न्यु एभरेष्ट बिरुद्ध रुद्रेपिपल माविका बिच हुने बिद्यालयका शिक्षक भानु आचार्यले जानकारी दिए । अन्तर माध्यमिक विद्यालय स्तरिय उक्त प्रतियोगितामा १६ विद्यालयको सहभागिता रहेको खेल २९ गतेसम्म संचालन हुने आचार्यले वताए । प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः २५ हजार र १५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने तथा सेमिफाइनलबाट बाहिरिने टिमले ५ हजार नगद प्राप्त गर्ने बिद्यालयले जनाएको छ । यस अघि पहिलो खेलमा शुक्रबार चिल्ड्रेन लाइफ(ब्लु) तथा सनराइज बोर्डिङ विच खेलमा चिल्ड्रेन लाइफ (ब्लु) ले १ का विरुद्ध ६ गोल गर्दै सनराइजलाइ पराजित गरको थियो । आइतवार बाँकि खेल हुने बिद्यालय स्रोतले जनाएको छ ।
Previous Articleविपी कोइरालाकी भान्छे, फेवानगरकी प्रतिस्पर्धी
Next Article तौल बढाउने केही उपाय बारे चर्चा