काठमाडौं, २६ कार्तिक – मलेसियामा अहिले जारी एसीसी यू–१९ एसिया कपको दोस्रो खेलमा नेपाल भारतसँग टस हारेर ब्याटिङमा उत्रेको छ। पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको नेपाललाई दोस्रो चरण प्रवेशका लागि आजको खेल महत्वपुर्ण छ। खेलको छैटौं ओभर चलिरहदा नेपालले ओपनर आसिफ सेखलाई गुमाएको छ। ३ रनको स्कोरमा उनलाई आदित्य ठाकरेको बलमा शिव सिंहले क्याच गरे।
अर्का ओपनर जितेन्द्रसिंह ठकुरी र अनिलकुमार साह अहिले क्रिजमा छन्। नेपालले ७ ओभरमा १ विकेट गुमाएर १८ रन जोडेको छ। प्रशिक्षक विनोद दासले नेपाली टोलीमा एक परिवर्तन गरेका छन्। विकेटकिपर व्याट्सम्यानको स्थानमा दासले अलराउण्डर पवन सर्राफलाई आजको खेलमा मौका दिएका छन्। प्रकाश केसीको स्थानमा आसिफ शेखले नेपालको लागि विकेट किपरको भूमिका निर्वाह गर्नेछन्।
Previous Articleनेपाल बचाउने जिम्मा कसको-कीर्तिनिधि विष्ट(विष्टको चर्चित लेख)
Next Article हाउ टु फाइन्ड लभ इन हङकङ