बागलुङ, २५ कार्तिक– देशको समृद्धि र स्थायी सरकार निर्माणका लागि वृहद बाम गठबन्धनका साथ निर्वाचनमा होमिएको, माओवादी केन्द्रका केन्द्रिय नेता तथा पूर्व मन्त्री दीनानाथ शर्माले बताएका छन् । शुक्रबार बुर्तिवाङ बजारमा आयोजित बामगठबन्धनको बृहत् चुनावी सभालाई सम्वोधन गर्दै देशभर टुट फुटको राजनीतिमा छरिएका बामपार्टीहरु समय सन्दर्भ र जनताको माग अनुसार एक ठाउँमा आएको बताउँदै शर्माले, देशको मुहार फेर्नका लागि बाम शक्ति नै जनताको सारथी हुने बताए । नेपालको निरंकुश राणा, पञ्च्यायत र राजतन्त्र फाल्न रगतको आहुति सहित बलिदानीपूर्ण आन्दोलनको रक्षार्थ , नेपालका बामपार्टीहरु एकतावद्ध भएको बताउदै शर्माले अव नेपालमा बाम शक्तिले दुई तिहाई बहुमतका साथ जनताको चाहना अनुसारको स्थायी सरकार निर्माणका लागि आतुर रहेको बताए ।
नेता शर्माले, यो देशका ६५ प्रतिशत बाम जनमत रहेको ठाउँमा ३५ प्रतिशत मत रहेको काँग्रेसले राजकाज चलाएर राज्यको यो हाल बनाएको आफूहरुले नजिकबाट महसूस गरेको बताए । नेकपा एमाले प्रदेश नं. ४ का ईञ्चार्ज गणेश तिमिल्सिनाले, देशभर विभिन्न विचार समुह खडा गरेर कम्युनिष्ट राज्य व्यवस्था बनाउने भन्दै छरिएका पार्टीहरु अव, एकतावद्ध भएर देश र जनताको आसा र अभिलासाका पात्र भएर देखाउने बताए । अबको निर्वाचनमा सबै बामपार्टीहरु सचेत भएर जनतामाझ लोकप्रिय राज्य सञ्चाmन गरि देश विकासमा लाग्ने प्रतिवद्धता सहित निर्वाचनमा होमिएको उनले बताए ।यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुँगानाले, बामगठबन्धन भएको खवरले काँग्रेस अत्तालिएको र चुनावी सभामा बरबराउन थालेको टिप्पणी गर्दैे देशको प्रधानमन्त्री जस्तो व्यक्ति र आजसम्म राजकाज चलाएको पार्टी काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी खुराक अरु केही नभएर कम्युनिष्टहरुलाई गाली गलौज गर्न उद्धत भएको आरोप लगाए । यस्तै कार्यक्रममा बागलुङ जिल्लाको क्षेत्र नं. २ मा प्रतिनिधि सभा उमेदवार देबेन्द्र पौडेल र २ नं. निर्वाचन क्षेत्र अन्तरगत प्रदेश नं. २ बाट प्रदेश सभा सदस्यका उमेदवार टेकबहादुर घर्तिले बामपार्टिहरुले समग्र जिल्ला तथा आ आफ्ना प्रदेशमा जनताका समस्या बुझेर वृहद योजना निर्माण गरि जनहितका कार्यक्रमहरु गाउँ गाउँमा लैजाने योजना कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपाली, अखिल नेपाल महिला संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष कुशुम बुढाले मन्तव्य राख्दै कम्युनिष्ट पार्टिमा लाग्ने भनेको जनताको दुख सुख सँग हातेमालो गर्नु हो भन्ने बिचार राखेका थिए । उनिहरुले देशको बिकासको लागि बाम शक्तिको बिकल्प नभएको भन्दै फेरी पनि यथास्थिति बादी शक्तिको पछि लाग्ने गल्ती नगर्न सर्वसाधारणलाइ आग्रह गरे ।जनताकै छोरा छोरी वास्तविक जनताको वरी परि रहनेभएकाले आफ्ना भाई छोराहरु बाम गठबन्धनका साथ चुनावमा आएकाले जनताले देबेन्द्र पौडेल र टेकबहादुर घर्तिलाई मतदान गर्न आग्रह गरेका थिए । कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष तथा जनवादी गायक जीवन शर्मा तथा लोकदोहोरी गायक विष्णु खत्रीको समेत प्रस्तुती रहेको थियो । निसी भुजी तमान तथा बडीगाड क्षेत्रबाट तीनवटै पार्टीका कार्यकर्ता जनता उपस्थित रहेको ¥याली बजार परिक्रमा गरि सभामा परिणत भएको थियो । कार्यक्रम नेकपा माओवादी केन्द्र ढोरपाटन नगर अध्यक्ष चन्द्रलाल अर्यालको अध्यक्षता, नेकपा एमालेका जिल्ला कमिटि सदस्य ददीराम शर्माको स्वागत मन्तव्य तथा अखिल छैठौंका केन्द्रिय महासचिव भिमलाल पोखरेलले सञ्चालन गरेका थिए ।