बागलुङ,२४ कार्तिक– प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकीदै जाँदा बागलुङमा बामपन्थी गठबन्धनले चुनावी प्रचार प्रसार र अभियानलाई तिव्रता दिएको छ । उमेदवारहरुले मतादातालाई घर–घरमा पुगेर भेटघाट गरेका छन् भने नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा सम्बद्ध विभिन्न संघ संगठनका नेता कार्यकर्ताहरुले पनि चुनावी अभियानलाई तिव्र बनाएका छन् । बिहिबार जिल्लाको क्षेत्र नं १ का बाम उम्मेदवार सुर्य पाठक सहितको टोलिले बानपा–१३ पैयुपाटामा घरदैलो तथा कोण सभा सम्पन्न गरेको छ । कोण सभामा बोल्दै पाठकले अवको राष्ट्रको रक्षक बाम शक्ति भएकाले बाम उम्मेद्वारहरुलाइ मतदान गर्न आग्रह गरे । क्षेत्र नं १ को २ का उम्मेदवार कृष्ण थापाले समय अनुकुल परिवर्तनको लागी बाम शक्तिको बिकल्प नभएको दावी गरे । कार्यक्रममा एमाले केन्द्रीय सदस्य गोबिन्द नेपाली, माओवादी केन्द्रिय सदस्यहरु कुमार बिक्रम क्षेत्री, मेघनाथ शर्मा, चिनिमायाँ काला, टिका बिक, प्रदिप थापा, राजमो नेता तथा पुर्व सभासद मिना पुन, एमाले नेता जनक पौडेल धनबहादुर परियार र हुमा खड्का लगायतले बोलेका थिए ।
यस्तै बिहीबार संयुक्त बाम गठबन्धनको टोलिले काँठेखोला गाउँपालिका–७ रेशका विभिन्न ठाउँमा चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । रेशको मगरथरमा भएको चुनावी सभालाई सम्बोदन गर्दै नेकपा एमालका बैकल्पिक केन्द्रिय सदस्य तथा समानुपातिक उमेदवार मनकुमारी केसीले राष्ट्रियताको रक्षा, आर्थिक सम्वृद्धि र सामाजिक न्यायका लागि पनि बामपन्थी उमेदवारहरुलाई अत्याधिक बहुमतले विजयी गराउनुपर्ने बताईन । सभामा क्षेत्र नमबर १ का प्रदेशसभा उमेदवार ईन्द्रलाल सापकोटाले बामपन्थीहरु देश परिर्वतनका हरेका आन्दोलनहरुमा अग्रभागमा रहेको भन्दैं आगामी दिनमा पनि सधै देश र जनताको पक्षमा रहने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा नेकपा एमालेका पूर्व संसाद नरबहादुर थापा, नेकपा एमालेको केन्द्रिय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जि.सी, राष्ट्रिय जनमोर्चा सम्बद्ध अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष तिलक थापा, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य बाबुडियर हमाल, नेकपा एमालेका प्रदेशसभा सदस्य कुलबहादुर विक, नेकपा एमालेका काँठेखोला गाउँपालिका सह–संयाजक अन्जु जिसी, बागलुङ नगरपालिका–५ का वडा अध्यक्ष शिव सापकोटा, काँठेखोला गाउँपालिका–८ का अध्यक्ष चित्रा सापकोटा, नेकपा माओवादी केन्द्रका नरबहादुर क्षेत्री, नेकपा एमाले लेखानीका अध्यक्ष बेलबहादुर जि.सी, नेकपा एमालेका क्षेत्रीय सदस्य सुवास गौतम, काँठेखोला गाउपालिका–७ का वडा अध्यक्ष प्रेम लामिछाने लगाएतले बोलेका थिए ।
सभा नेकपा एमाले रेशका अध्यक्ष कुलबहादुर कार्कीको अध्यक्षता, नेकपा माओवादी केन्द्रका रनबहादुर जिसीको स्वागत तथा नेकपा एमाले रेशका सचिव भुमिराज गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । यस्तै तमान खोला गाउपालिकाको बोङ्गादोभानमा आयोजि बामपन्थी गठबन्धनको चुनावी सभालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा क्षेत्र नं २ का प्रतिनिधि सभाका साझा वामपन्थी उमेद्वार देवेन्द्र पौडेलले देशको स्वाभिमान, सार्वभौमता र जनताको अधिकारका लागी आफु बाचुन जेल कटिबद्ध भएर जनताका माझमा समाजवादका निम्ति आफ्नो जीवन जनता माझ समर्पित गर्ने जनाएका छन । चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले आरोप प्रत्यारोपले देशको बिकास नहुने रहेछ अब देशमा २ तिहाइ बहुमत पुराएर जनताको स्वतन्त्रता र देशको समृद्धिका निम्ती गठबन्धन हुदै पार्टी एकता हुने बताए । कार्यक्रम बोल्दै क्षेत्र नं २ को २ का साझा बाम उम्मेदवार टेक बहादुर घर्तीले अब बामपंथीको जितले जनतामा खुसीको लहर आउने बिश्वास व्यक्त गरे । कार्यक्रममा एमालेका समानुपातिक उमेदवार मोहनलाल शर्मा अखिल नेपाल महिला क्रान्तिकारी जिल्ला अध्यक्ष कुसुम बुढा नेकपा माओवादीका केन्द्रीय आयोजक समिति सदस्य चन्द्रलाल अर्याल नेकपा माओवादी तमान खोला गाउँपालिका अध्यक्ष देब बहादुर पुन लगाएले आफ्नो मन्तव्य राखेका थिए । सभामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सूर्य श्रीपालीको अध्यक्षतामा नेकपा एमालेका लिल बहादुर पुनको स्वागत र प्रगतिशील पत्रकार संघका प्रशान्त पुनले संचालन गरेका थिए ।
Previous Articleसमृद्धिको बाटो खोज्छौंः कांग्रेस उम्मेदवार
Next Article रेडियोलोजी के हो ? सबैले थाहा पाउनुपर्ने बिषय