बागलुङ, २४ कार्तिक– गरिवी निवारण तथा सहकराी राज्यमन्त्री चम्पादेवी खड्काले सडक संजालको विकास मार्फत जिल्लाको समृद्धिका बाटा खोल्ने पहिलो जिम्मेवारी लिएर चुनावमा होमिएको बताएकी छिन् । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रचार प्रसारको लागि बरेङमा आयोजना गरेको कार्यक्रममा उनले जिल्ला भित्रका जनता भएको अनुभूति दिनेगरी सडकको संजाल विस्तार र स्तरउन्नती गर्ने बताएकी हुन् । बिहीबार बरेङ बजारमा आयोजित चुनावी सभामा बोल्दै मन्त्री खड्काले देशमा कम्युनिष्टहरुले भाषण र भण्डाफोर मात्र गरेर विकास दिन नसकेको आरोप पनि लगाईन् ।
विकास र आर्थिक समृद्धिका लागि काँग्रेसनै आवस्यक पर्ने उनको ठहर थियो । उनले बागलुङ बजारदेखी बरेङ हुँदै शान्तिपुर जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाईन् । त्यसै गरी सभामा क्षेत्र नं. १ प्रदेश २ का उम्मेदवार प्रकाश शर्मा पौडेलले बरेङ गाउँपालिकाको समग्र विकासका निम्ती आफु अहोरात्र खटिरहने बताए । पौडेलले बाम गठबन्धनले चुनाव जिते मुलुकको शान्ति सुरक्षा खलबलिनुको साथै विकास निर्माणको काम समेत ठप्प हुन सक्ने बताए । पौडेलले कांग्रेसले हारेमा जिल्लाको विकास पछि पर्ने भन्दै मतदान गर्न आग्रह गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सचिव नवराज पौडेल, महासमिति सदस्य भिम श्रीष, क्षेत्रीय सभापति नारायण शर्मा पौडेल, चिरञ्जीवी गौतम, नेपाल विद्यार्थी संघका सहमहामन्त्री हरिहर शर्मा, कालिगण्डकी गाउँपालिका ४ गुल्मीका वडा अध्यक्ष बेद बहादुर थापा, काँग्रेसका पुर्व जिल्ला सदस्य मेख बहादुर छन्त्याल, भुपुसैनिक संघका केन्द्रिय सदस्य हरिबहादुर भण्डारी लगायतले बोलेका थिए ।
नेपाली काँग्रेस बरेङ गाउँपालिका संयोजक होम बहादुर श्रीषको अध्यक्षता, अमर थापाको स्वागत र काँग्रेसका जिल्ला सदस्य हरि आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । बिहीबार नै बरेङ गाउँपालिका वडा नं.१ धुल्लुबास्कोटमा पनि उम्मेदवारहरु घरदैलोमा व्यस्त भएका थिए । उनीहरुले धुल्लुबास्कोटका जनतासँग घरगरमा गएर सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले आफना मतदाताहरु सँग आर्शिबाद माग्दै भोट मागिरहेकी छन् । उनले कुश्मिसेरा नान्दुक धुल्लुबास्कोट हुँदै बरेङ जाने बाटोको स्तरोन्नती तत्काल गरी बाह्रै महिना यातायात संचालनका लागि सहजता ल्याउने प्रतिवद्ध समेत व्यक्त गरिन् । स्कार्यक्रम दलबहादुर थापाको अध्यक्षता, र पुर्ण बहादुर थापाकोे संचालनमा सम्पन्न भएको थियो ।