म्याग्दी, २४ कार्तिक– आउँदो मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदाता शिक्षा सञ्चालन नहुँदा मतदाता अन्यौलमा परेका छन् । मतदानको दिन आउन दुई साता मात्रै बाँकी रहँदा पनि अझै मतदाता शिक्षा सञ्चालन हुन नसक्दा म्याग्दी जिल्लामा मतदाताहरुमा अन्यौलता छाएको छ । निर्वाचन आयोगबाट मतदाता शिक्षाका लागि आवश्यक सामाग्रीहरु जिल्लामा नआउँदा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न ढिलाई भएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।
निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमका लागि आवश्यक तयारी र सामाग्रीहरु समयमा उपलब्ध गराउन नसक्दा पहिलो चरणमा निर्वाचन हुने अधिकांश जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छैन । आयोगले समानुपातिकतर्फको मतपत्र छपाई सकेर प्रत्यक्षतर्फको पनि एउटै पानामा छाप्ने तयारी गरिरहेको अवस्थामा सर्वोच्च अदालतले छुट्टाछुट्टै मतपत्र छपाउनुपर्ने आदेश दिएपछि मतदाता शिक्षामा ढिलाई भएको हो । सर्वोच्चको आदेशले नयाँ सामाग्री पुनः तयार गर्नुपर्ने भएपछि मतदाता शिक्षा ढिलाई भएको बताईएको छ ।
Previous Articleश्रद्धाञ्जली सभा सम्पन्न
Next Article दिउँसोमा जलेका घाउ छिटो निको हुन्छनः अध्ययन