बागलुङ, २४ कार्तिक – बागलुङ बहुउद्देश्यीय सहकारी स.स्थाले आफ्ना शेयर सदस्यको निधनमा श्रद्धाञ्जली कार्यक्रम गरेको छ । शेयर सदस्य रमेशप्रसाद मलेपति र अनिल प्रसाद मलेपतिका बाबु कृष्णप्रसाद मलेपतिको ६२ बर्षको उमेरमा भएको निधनमा श्रद्धाञ्जली दिएको हो । साथै शोकाकुल परिवारलाई सहकारीले दिने राहत रकम स्वरुप १० हजार नगद पनि प्रदान गरिएको छ । उनीहरुको घरमा पुगेर अध्यक्ष अशोक गोविन्द राजभण्डारीले नगद रकम हस्तान्तरण गर्दै सहकारीले पिडितको दुःखमा राहत दिने काम गर्दै आएको बताए । सोकगोविन्द राजभण्डारी को अध्यक्षतामा सम्पन्न कार्यक्रम लेखा तथा सुपरिवेक्षण समितिका संयोजक युक्तजंग राजभण्डारीले संचालन गरेका थिए ।
Previous Article२१ कार्तिक २०७४, ढोरपाटन दैनिक
Next Article म्याग्दीका मतदातामा अन्यौल