बागलुुङ, २३ कार्तिक– बाम गठबन्धनको तर्फबाट बागलुङ क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका नेकपा एमाले नेता सुर्य पाठक सहितको टोलिले बुधबार जिल्लाको नारायण स्थानमा घर दैलो तथा कोण सभा सम्पन्न गरेको छ । कोण सभालाई संबोधन गर्दै पाठकले बलेवा यरपोटको सञ्चालनका लागी नितिगत व्यवस्था गरेर पहल थाल्ने बताए । बागलुङ–कुश्मीशेरा सडकलाइ कालो पत्रे गर्ने कामलाई प्राथमीकतामा राखेर काम गर्न सके यरपोट सञ्चालन गर्ने आधार बन्ने भन्दै पाठकले यसको लागि आँफुले पहल थाल्ने बताए । कार्यक्रममा बोल्दै बागलुङको क्षेत्र नं १ को २ का संयुक्त बाम उम्मेदवार राजमो नेता कृष्ण थापाले सुख्खा ठाउँमा खानेपानिको आपुर्तीका लागि पहल गर्ने बताए । लामो समय सम्म नेपालि कांग्रेसले सत्ताको बागडोर सम्हाल्दा पनि जनस्तरको काम गर्न नसकेको भन्दै थापाले जनताको कामका लागी बाम उम्मेदवारहरुको पक्षमा मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता प्रदिप थापा, राजमो नेता मिना पुन, एमाले नेता श्रीप्रसाद शर्मा लगायतले बोलेका थिए । यता नेकपा एमालेका जिल्ला अध्यक्ष तथा बागलुङ क्षेत्र नं १ को १ का उम्मेदवार इन्द्रलाल सापकोटा सहितको टोलीले जिल्लाको लेखानीमा घरदैलो तथा चुनावि सभा सम्पन्न गरेको छ । सभालाइ सम्वोधन गर्दै संयुक्त बाम उम्मेदवार सापकोटाले बागलुङको बिकास र राष्ट्रीयताको रक्षका लागि बाम शक्तिको पक्षमा मतदान गर्नुको विकल्प नभएको बताए । नेकपा एमालेका केन्द्रिय सदस्य मनकुमारी केसीले नयाँ युगको थालनिका लागि बाम उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेकी थिईन ।
कार्यक्रममा दर्जन बढि नेताहरुले मन्तव्य राखेका थिए । यस्तै बाम गठबन्धनको चुनावी जनभेटघाट कार्यक्रम आज गलकोट नगरपालिका ७ मल्ममा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बाम गठबन्धनका साझा उम्मेदवार बागलुङ क्षेत्र नं २ प्रदेश सभाका उम्मेदवार चन्द्र बुढा सागरले राष्ट्रियता, स्वाधिनता, न्याय, शुसासन र राष्ट्र निर्माण र समृद्विको लागि बाम गठबन्धनलाई जिताउनु पर्ने बताएका छन् । बाम गठबन्धन देशको युगान्तकारी परिवर्तनमा समाहित हुने भन्दै सबैलाई ढुक्क भएर गोलाकार भित्रको हसिया हतौडामा मतदान आग्रह उनको आग्रह थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार दिलमाया रोका, राष्ट्रिय जनमोर्चाका समानुपातिक उम्मेदवार विष्णु कँडेल, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदिलाल सापकोटा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ज्ञामनाथ गैरे अनिल र नेकपा एमालेका गलकोट नगर समितिका संयोजक डम्मर श्रीस लगायतले बोलेका थिए । यस्तै माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा बामगठबन्धन बाग्लुङ क्षेत्र नम्बर –२ का साझा उमेद्वार देवेन्द्र पौडेलले आफ्नो नाफाको जिन्दगी बागलुङका जनता संग बिताउने बताएका छ्न । कार्यक्रममा प्रदेश २ को २ का प्रदेश सभा सदस्य पदका साझा उमेदवार टेक बहादुर घर्तीले बोलेका थिए ।
Previous Articleधौलागिरिको फन्को मार्दै बिदेशी पर्यटक
Next Article २१ कार्तिक २०७४, ढोरपाटन दैनिक