थम्मन थापा
गल्कोट, २३ कात्तिक – साझा वामउम्मेदवारको चुनावीसभा तथा जनभेटघाट कार्यक्रम गलकोट नगरपालिका-७ मल्ममा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै साझा उम्मेदवार बागलुङ क्षेत्र नं २ प्रदेशसभा (क) का उम्मेदवार चन्द्र बुढा सागरले राष्ट्रियता, स्वाधिनता, न्याय, शुसासन र राष्ट्र निर्माण र समृद्विको लागि बाम गठबन्धनलाई जिताउनु पर्ने बताए । बाम गठबन्धन देशको युगान्तकारी परिवर्तनमा समाहित हुने भन्दै सबैलाई ढुक्क भएर गोलाकार भित्रको हसिया हथौडामा मतदान गर्न उनको अनुरोध थियो ।
सो अवसरमा नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार दिलमाया रोका, राष्ट्रिय जनमोर्चाका समानुपातिक उम्मेदवार विष्णु कडेल, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदिलाल सापकोटा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ज्ञामनाथ गैरे अनिल र नेकपा एमालेका गलकोट नगर समितिका संयोजक डम्मर श्रीसले मन्तव्य राखेका थिए ।
कार्यक्रम नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका – ७ का छुम बहादुर थापाको अध्यक्षता, राष्ट्रिय जनमोर्चाका अध्यक्ष दल बहादुर थापाको स्वागत र प्रेस सेन्टर नेपाल गलकोट नगरपालिकाका अध्यक्ष थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।
राष्ट्रिय स्वाधिनता र समृद्विको लागि बामगठबन्धन-चन्द्र बुढा
Previous Articleपुराना भारु नसाटिदा सरोकारवालामा चिन्ता
Next Article पर्यटक तान्दै मायालु डाँडा