केहि दिन पहिला बागलुङको बडीगाड गाउँपालिका स्थित खर्वाङबाट ठुलो परिमाणको चरेश सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लियो र अहिले उनलाई सार्वजनिक गरीसकेको छ । अदालत बाट म्याद थप गरेर आरोपित ब्यक्ति माथि अनुसन्धानको काम भैरहेको छ । बडीगाडमा भेटीएका टेकबहादुर बुढा जिल्लामा अबैध कारोवार गरेको आरोपमा समातिएका पहिलो व्यक्ति भने होइनन् । लागूऔषध कारोवारमा संलग्न भएको आरोपममा मात्रै होइन कानुन बिपरितका कारोवार गरेको आरोपमा जिल्लामा कयौं मानिसहरु पक्राउ पर्ने गरेका छन् । कानुनको उलंघन गरेको आरोपमा पक्राउ परेकाहरुलाइ प्रहरिले नियन्त्रणमा लिन्छ । कानुन अनुसार उनिहरुलाइ केरकार गर्छ अनि अदालत पेश भए पछि आरोपिलाइ कानुनले कारवाही पनि गर्छ । तर समाजमा त्यस्ता खालका अपराधमा संलग्नहरुको संख्यामा भने कमि आएको छैन् । कानुनको धज्जि उडाएको आरोपमा पक्राउ परेकाहरुलाइ बन्द कोठामा राखेर गरीने कारवाइको बिषयमा अझैपनि कतिपय बेखवर जस्तै छन् । रातारात मालामाल बन्ने सपना बोकेर कानुन बिपरितको कारोवारमा लाग्नेहरु चेतना छैन कि यदि म कानुनको फन्दामा परें भने आजिवन कारावासी जीवन बिताउनु पर्छ । स्थानीय स्तरमा बिभिन्न काल खण्डमा भएका केही प्रयासहरु बाहेक लागुऔषधको प्रयोगले हुने हानि र यसको कारोवार गर्दा बेहोनुर्् पर्ने कानुनी उपचारको बारेमा चेतना मुलक कार्यक्रमहरु सञ्चालन भएको देखीदैन । लागूऔषधले हाम्रो समाजलाइ दिनदिनै निकै गहिरो खाडल तर्फ लगिरहेको छ । त्यसमा युवाहरु रातारात करोडौं कमाउने निहुँमा सेवन र कारोवारमा संलग्न छन् । मालिक बन्ने सपना बोकेर भएका कारोवारका कारण दिन दुइ गुना रात चौगुना गर्दै लागुऔषधको दलदलमा फसेको हाम्रो समाजलाइ त्यसबाट छुटकारा दिलाउन बेलैमा सोच्नु पर्ने बेला आएको छ । यदि राज्यले यस तर्फ ध्यान नदिने हो भने भबिस्यमा यसको सामना गर्न ठूलै मुल्य चुकाउनु पर्छ । लागूऔषधको लतमा बिषेश गरेर युवा पंक्तिको संलग्नता बढि पाईन्छ । युवाहरुलाई लागूऔषधको असर र यसको दिर्घकालीन प्रभावका बिषयमा जानकारी गराउँदै अभिभावकलाइ समेत नियन्त्रणकारी भूमिकाका लागि सक्रिय बनाउनु अहिलेको आवस्यकता हो । राज्यले लागूऔषध तथा कानूनले बन्देज गरेका बस्तु तथा सेवाहरुको उपभोग र व्यवसाय गर्नेलाइ कारवाई मात्रै गर्दा यसको प्रयोमा कमी आउनुको साटो बढ्दै गएका उदाहरणहरु हाम्रा सामु छन् । घटना घटेपछि कारवाई गर्नु पर्छ तर अरु घटना दोहोरिन नदिन सरोकारवाला निकाय जिम्मेवार बन्न जरुरी छ । एकाद गैह्र सरकारी संस्था र नेपाल प्रहरीले गरेको प्रयासले मात्रै समाजमा क्यान्सरको रुप धारण गरेको लागू औषधको कारोवारलाइ निकृय बनाउन निकै कठिन देखीन्छ । समुदायको तवरवाट नागरीकहरु सचेत बन्दै यस्ता खालका अनैतिक तथा अबैधानिक कृयाकलापहरुलाइ निर्मुल पार्न अहिलेको आवस्यकता हो । लागूऔषध समाजको कलंकित रोग हो यसलाई निर्मुल पार्नको लागि राज्यले योजना बनाएर आफ्ना माताहातका निकायलाइ काममा लगाउनु पदर्छ । राज्यको अभियानलाई सघाउनु नागरिकको कर्तव्य हो । बिकास योजना जस्तै लागू औषधको प्रयोग नियन्त्रणमा योजना बनाएर लागौं । यसैमा सबैको भलाइ हुने छ ।
Previous Article२०७४ कार्तिक २२ गते बुधबारको राशिफल
Next Article आसन्न निर्वाचन र मतदाताको भुमिका