बागलुङ, १९ कार्तिक-वाम गठबन्धनको संयुक्त चुनावी अभियान बागलुङको निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश सभा–१ अन्तरगत सिसाखानीमा सम्पन्न भएको छ । बडीगाडको वडा नम्बर–३ मा भएको उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा बाम गठबन्धनबाट प्रदेश सभाका साझा उम्मेदवार चन्द्रबहादुर बुढा सागरले आफ्नो प्रदेश सभा अन्तरगत पर्ने सबै क्षेत्रको समानुपातिक विकास गर्ने योजनासहित आफु चुनावी मैदानमा होमिएको बताए । ‘मेरो प्रदेश सभामा पर्ने बडीगाड, गलकोट र ताराखोला क्षेत्रको विकास तथा समृद्धिका लागि म चुनावी मैदानमा छु,’ सागरले भने, ‘यस क्षेत्रका जनताको सेवा गर्ने मौका दिनुहुनेछ भन्नेमा म विश्वस्त छु, कसरी काम गर्ने भन्ने ठोस योजना समेत मसँग छ ।’ माओवादी केन्द्र बागलुङका सह–संयोजक राजिव घिमिरेले वामपन्थीले मुलुकमा दुई तिहाई मत प्राप्त गरेर कार्यकारी राष्ट्रिपतिय शासन पद्धतिमा ५ वर्ष स्थिर सरकार चलाउने गरि संविधान संसोधन गर्ने बताए । जनमोर्चा प्रतिनिधी मेखबहादुर पाईजाले यसअघि जित्नेहरुले जनताको चाहना पुरा गर्न नसकेकाले अहिले वामपन्थीलाई अवसर दिन आग्रह गरे । कार्यक्रममा बडीगाड गाउँपालिका–३ वडा अध्यक्ष खड्गबहादुर पुन एमालेका हुमबहादुर धर्ती लगायतले जनताको चाहना अनुसार वामपन्थी एकता भएकाले साझा उम्मेदवार जिताउने जिम्मेवारी जनताको काँधमा भएको बताए । सो अवसरमा कृष्णबहादुर थापाको संयोजकमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । कार्यक्रम नेकपा माओवादी केन्द्र बडिगाड गाउपालिका वडा नम्बर–३ का अध्यक्ष कृष्णबहादु थापाको अध्यक्षता, राजमोका वडा अध्यक्ष नरबहादुर पटेलको स्वागत र सन्दिप पुनको संचालनमा सम्पन्न भएको छ । यसैविच भिमगिठेमा वाम गठबन्धनको ४१ सदस्यीय टोल निर्वाचन प्रचार समित गठन भएको छ । आसन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई केन्द्रित गरि वाम गठबन्धनले बडिगाड गाउँपालिका–७ को माझखर्कमा टोल प्रचार प्रसार समिति गठन गरेको हो । देव बहादुर बुढाको संयोजकमा गठन भएको समितिको उप संयोजकमा हेमप्रसाद श्रीष रहेका छन । कार्यक्रम नेकपा माओवादिका जितबहादुर थापा, एमालेका गंगा गुरुङ, कृष्ण भट्टराई र राजमोका ओमबहादुर बुढा लगाएतले बोलेका थिए । कार्यक्रममा माओवादीका जिल्ला सदस्य धन बहादुर बुढाको अध्यक्षता र एमालेका खगेन्द्र बुढाको संचालन रहेको थियो ।
नेपाली कांंग्रेसको चुनावी अभियान
नेपाली कांग्रेसको क्षेत्र न १ प्रतिनिधि सभाका उम्मेदवार चम्पादेवी खडका र प्रदेश सभा क का उम्मेदवार दिपेन्द्रबहादुर थापा एवं ख का उम्मेदवार प्रकाश शर्मा पौडेलले शनिवार पनि बिभिन्न स्थानमा घरदैलो एवं चुनावी अभियान गरेका छन् । अभियान अन्र्तगत बागलुङको प्रतिनिधीसभा क्षेत्र नम्वर १ को काँठेखोला ३ धम्जा र ४ तंग्रामका बिभिन्न ठाउँमा सभा र घरदैलो गरेको हो । चुनावी सभा अन्र्तगत धम्जाको असौजेमा ्भएको कार्यक्रममा बोल्दै प्रतिनिधी सभा क्षेत्र नम्वर १ का उम्मेदवार चम्पादेवि खड्काले देशको विकास र निकासका लागि नेपाली काँग्रेसको बिकल्प नरहेको बताइन् । उनले अधुरा काम पुरा गर्न कांग्रेसलाई जिताउन आग्रह गरिन् । प्रतिनिधीसभा क्षत्र नम्वर १ को प्रदेश १ का उमेदवार दिपेन्द्रबहादुर थापाले नेपालमा लोकतन्त्र खतरामा पर्ने सक्ने सम्भावना बढेकोले मुलुकमा लोकतन्त्र जोगाउन काँग्रेसका उमेदवारहरुलाई मत दिन आग्रह गरे । देशको आर्थिक विकासको लागि कांग्रेसकै बिजय आवस्यक भएकोमा उनले दावी गरे । कार्यक्रममा समानुपातिक उमेदवार कोपिला बोहरा, नेपाली काँग्रेसका जिल्ला सदस्य खिमानन्द पौडेल, क्षेत्रीय सभापति चिरञ्जीवि गौतम, भुपु सैनिक संघका हरिबहादुर भण्डारी र नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष खड्क थापाले बोलेका थिए । कार्यक्रम नेपाली काँग्रेस गाउँ कमिटिका महेन्द्रबहादुर खड्काको अध्यक्षता, प्रकाश रानाको स्वागत र अनिस श्रीसकको संचालनमा सम्पन्न भएको थियो । अभियान अन्तरगत तंग्राममा पनि पनि उमेदवार सहितको चुनावी सभा तथा घरदैलो कार्यक्रम गरिएको बताइएको छ । यसैबीच, बानपा–११ मा नेपाली कांग्रेसको चुनावी प्रचार–प्रसार सम्पर्क कार्यालय स्थापना गरिएको छ । चुनावलाई प्रभावकारी बनाउन वडा सभापति थमबहादुर थापाको संयोजकत्वमा ५ सय १ सदस्यीस प्रचार–प्रसार समिति गठन गरिएको छ । त्यसैगरी, एक सय १ सदस्यीय महिला सघं र तरुण दल प्रचार–प्रसार समिति गठन गरिएको छ ।
प्रजातन्त्रमाथी सबैभन्दा बढि प्रहार कांग्रेसले ग¥यो
प्रतिनिधि सभा सदस्यको उम्मेदवार डा.सूर्य पाठकले लोकतन्त्रमाथि सबैभन्दा बढि प्रहार नेपाली कांग्रेसले गरेको आरोप लगाएका छन् । बाम गठबन्धनको तर्फबाट बागलुङ क्षेत्र न. १ प्रतिनिधि सभा सदस्यको उम्मेदवार पाठकले जैदीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै इतिहासको घट्ना क्रमलाई हेर्दा लोकतन्त्र माथि सबै भन्दा बढि प्रहार कांग्रेसले गरेको आरोप लगाए । कार्यक्रममा प्रदेश सभाका उम्मेदवार कृष्ण थापाले नेपाली कांग्रेस जहिल्यै जनताको हित बिपरित लागेको आरोप लगाए । कार्यक्रममा निबर्तमानसांसद मिना पुनले नेपाली कांग्रेसबाम गठबन्धनबाट अतालिएर अनावश्यक प्रोपोगाण्डा गर्न सुरु गरेको बताइन् । कार्यक्रममा नेकपा एमाले प्रदेश न. ४ का सदस्य श्रीप्रसाद शर्मा, माओवादी केन्द्रका केन्द्रीय सदस्य लालबहादुर परियार, प्रदीप थापा, जैमिनी नगरका उपप्रमुख लिला राना, पैयुथन्थापाका वडा अध्यक्ष विरेन्द्र थापा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य थानेश्वर सुवेदीले बोलेका थिए । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारले विभिन्न जनवादी गित र नृत्य प्रस्तुत गरेका थिए । राष्ट्रिय जनमोर्चा बागलुङका सह–सचिव डिलबहादुर दर्जिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य रुद्र शर्मा र सञ्चालन बद्री ढुङ्गानाले गरेका थिए । यसैबीच, पश्चिम बागलुङमा चुनावी अभियान तीव्र पारेको वाम गठबन्धनले शानिबार निसीखोलाको देविस्थानमा चुनावी सभा गरेको छ । कार्यक्रममा बोल्दै प्रतिनिधि सभातर्फका उम्मेदवार तथा माओवादी नेता देवेन्द्र पौडेलले वामपन्थी मिलेर चुनावी मैदान उत्रेपछि गठबन्धनले अघि सारेका उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने अरु कोही नभएको बताए । प्रदेश सभाका प्रत्यक्ष उम्मेदवार तथा जनमोर्चा नेता टेकबहादुर घर्तीले वामपन्थीले अघि सारेका उम्मेदवार राष्ट्रिय स्तरमा बालियो पहुँचदेखि स्थानीय समस्या राम्ररी बुझेकासम्म भएको भन्दै आफुहरुले मिलेर विकास र सुधारको कार्यालाई अघि बढाउने बताए ।
भूपू सैनिक सघको प्रचार
कांग्रेसको भातृ संगठन भुतपुर्व सैनिक संघले चुनावी प्रचार–प्रसार समिति गठन गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउने जिल्लाका २ वटै निर्वाचन क्षेत्रमा प्रचार प्रसार समिति गठन गरिएको हो । जिल्ला अध्यक्ष क्याप्टेन हरिबहादुर भण्डारीको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन गरेको हो । क्षेत्र न १ मा सघंका सचिव नरबहादुर किसान,क्षेत्र न २ मा उपाध्यक्ष डम्वरबहादुर कार्कीको संयोजकत्वमा समिति गठन गरिएको हो । त्यसैगरि बानपामा चक्रबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय, काठेखोला गाउँपालिकामा कृष्ण बहादुर पुनको संयोकत्वमा १५ सदस्यीय, जैमनी नगरपालिकामा जितबहादुर रानाको संयोजकत्वमा सात सदस्यीय, र बरेङ गाउँपालिकामा मेखबहादुर छन्त्यालको संयोजकत्वमा पाँच सदस्यीस प्रचार–प्रसार समिति गठन गरिएको संघका जिल्ला सचिव नरबहादुर किसानले बताए । प्रतिनिधिसभा र प्रदेश सभामा कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन संघ प्रचार प्रसार कार्यलाई प्रभावकारी अगाडि बढाउने भूपू सैनिक संघका जिल्ला अध्यक्ष हरिबहादुर भण्डारीले जानकारी दिएका छन् ।