बागलुङ, १८ कात्तिक–संयुक्त वामगठवन्धनले जिल्लाको काठेखोला गाउपालिकाबाट आक्रमक प्रचार अभियान सुरु गरेको छ । स्थानीय तहको निर्वाचनमा जिल्लामा नै पहिलो पटक त्रिपक्षिय बामएकता गरेर एमालेको नेतृत्वमा स्थानीय तहको निर्वाचन जितेका बामपन्थीले त्यहीबाट आक्रमक प्रचार अभियान शनिवारदेखि सुरु गरेका छन ।
प्रदेशसभाका उम्मेदवारसहित काठेखोला–२ बाट गाउपालिकामा नै पहिलो पटक प्रचार अभियानमा सुरु गरेको बामगठवन्धनले शनिवार एकैदिन ५ स्थानमा प्रचारसभा र भेटघाट कार्यक्रम समपन्न गरी अवको निर्वाचनमा काठेखोलालाई लालकिल्ला बनाउने घोषणा गरेको छ । स्थानीय तहको निर्वाचनमा करिव १५ सय फराकिलो अन्तरमा विजयी बनेको बामगठवन्धनले प्रदेशसभा र प्रतिनिधीसभाको निर्वाचन भने त्यसको दोब्बर वढि मतले विजय हासिल गर्ने दावी गरेको छ ।
बामगठवन्धन चुनाव जित्नका लागि मात्रै नभएर मुलुकमा समाजवाद स्थापना गर्न भएका वताउदै बामपन्थी नेताहरुले काठेखोलाबाट नै त्यसको अभ्यास गर्न आफुहरु तयार भएको वताए । दपासा, मछाईने, सलाम, गैराथोक, डहरे र सीममा छुट्टाछुट्टै चुनावीसभा गरेर उनीहरुले जनताको दुखसुखको साथी कम्युनिष्ट अव मुलुक समृद्धिको आधार बन्ने वताए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा समानुपातिक उम्मेदवार मना केसी, प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार इन्द्रलाल सापकोटा, पूर्वं उर्जा राज्यमन्त्री रामजीप्रसाद शर्मा, माओेवादीका केन्द्रिय सदस्य यज्ञवल्लभ शर्मा विद्रोह, राजमो निकट युवा संघका केन्द्रिय अध्यक्ष तिलक थापाले मन्तब्य राख्दै काठेखोला वामकिल्ला भएकाले यहीबाट समाजवादी आन्दोलनको नेतृत्व गरिने दावी गरे । उनीहरुले जनताको साथी कम्युनिष्टलाई नेपाली काँग्रेसले वैरी ठानेको भन्दै अवको निर्वाचनबाट जनताको विश्वास जित्न चूनौति दिए ।
निर्वाचन परिचालन कमिटीका संयोजक रामप्रसाद शर्माको सभापतित्वमा भएका चुनावीसभामा नेकपा एमालेका केन्द्रिय प्रचारविभागका पूर्व सदस्य हरिनारायण गौतम, काठेखोला गाउपालिकाका अध्यक्ष अमर थापा, वडा अध्यक्ष विद्यापति शर्मा, जिल्ला कमिटीका सदस्य दिपक गौतम, गंगा शर्मा, गंगा हमाल, टिकाराम सापकोटा, शोभाकान्त निउरे, चित्र वहादुर कार्की लगायतले मन्तब्य राखेका थिए भने काठेखोला निर्वाचन परिचालन कमिटीको संयोजक डिल्लीराज गौतमले कार्यक्रमको सञ्चालन गरेका थिए ।
बामएकता गरेको काठेखोलाबाट आक्रमक प्रचार अभियान
Previous Articleगोविन्दराज जोशीको उम्मेदवारी खारेज,पौडेललाई राहत
Next Article प्रदेश प्रशासनिक संरचना तयार