बागलुङ,१४ कार्तिक – जिल्लाको बडीगाड गाउँपालिका–७ भीङगिठेमा रहेको खड्ग जयन्ती आधारभुत बिद्यालय आर्थिक संकटमा परेको छ । गत आ.ब.मा जिल्ला शिक्षा कार्यालय बागलुङले अनुदान रकम २ लाख ७३ हजारसम्म दिने गरेकोमा यसवर्ष जम्मा ६ सय ११ रुपैयाँ दिएपछि बिद्यालय चरम आर्थिक संकटमा परेको विद्यालयले जनाएको छ । ‘शिक्षा कार्यालयले खड्ग जयन्ती आधारभूत विद्यालयलाई जम्मा ६ सय ११ रुपयाँ दिएर किन सौतेनी व्यबहार ग¥यो हामीले बुझेका छैनौँ, स्थानिय अभिभावकहरु भन्छन्, गाउँपालिकाकाले पनि यस विद्यालयलाई कौडी सहयोग गरेको छैन अनि कसरी हाम्रा बालबच्चाले शिक्षा हाँसिल गर्न सक्छन ?’ विद्यालय व्यबस्थापन समितिले केहि समय पहिले चन्दा संकलन गरि कक्षा आठसम्म संचालन गरेपनि आर्थिक अभावका कारण शिक्षकलाई तलब खुवाउन समस्या पर्ने गरेको विद्यालयका प्रअ बासुदेव अर्यालले बताए ।
उनले भने ‘अहिले २ जना प्रावि दरबन्दी १ जना राहत र ६ जना स्थानिय स्रोतबाट शिक्षकलाई सामान्य तलबमा राख्नु परेको छ ।’ आ.व. ०७१ र ०७२ मा जिल्ला शिक्षा कार्यालय बागलुङले पिसीएले शिक्षक तलब भन्दै २ लाख ७३ हजार आब ०७२ र ७३ मा १ लाख ८२ हजार दिएपनि आ.ब. ०७३ र ७४ मा जम्मा ६ सय ११ रुपैयाँ दिँदा शिक्षकलाई तलब खुवाउन समस्या भएको अर्यालले बताए । बैशाख १२ गते आएको भूकम्पले बिद्यालयलाई धैरै क्षेति पु¥याएको थियोभने त्यसको पुनःनिर्माण नहुँदा ३ कोठे भवन ढल्ने स्थितमा रहेको छ । बिद्यालयमा करिब २ सय ७० बिद्यार्थी अध्ययनरत छन्, तीमध्ये केही कक्षा कोठामा आकाशबाट पनि परेसंगै चुहिने समस्या हुने भएकाले बिभिन्न कक्षाका बिद्यार्थीलाई एकै ठाउँमा राख्नु परेको एक शिक्षकले बताए । बिद्यालय भत्कने हो कि भन्ने त्रासका बीच बिद्यार्थीले अध्ययन गरिरहेका छन् । उता, गत वर्ष स्थानियले झारा लगाएर सफा गरेपनि फेरि पहिरो खसेका कारण बिद्यालय थप जोखिमा छ । शिक्षक बासुदेव अर्यालले भने ‘भूकम्पबाट क्षति भयो भनेर एकिकृत सेवा केन्द्र बुर्तिबाङमा निवेदन दिएपनि त्यहाँबाट पनि कुनै राहत आएन ।’ लगातार पहिरोले बिद्यालय जोखिम बन्दै गएको बेला ईलाका प्रहरी कार्यालय भीङगिठेले मुचुल्का बनाएर लगेपनि कुनै प्रतिक्रिया नआएको अर्यालले बताए ।
बिद्यालयमा कक्षा कोठाको मात्र अभाव होइन पानीको पनि उत्तिकै सास्ती रहेको छ । बिद्यालय जीर्ण र कक्षा कोठा अभावका कारण लाईब्रेरी तथा बिद्यालयका अन्य सामान पनि बिद्यालयको कार्यालय संगै राख्ने गरेका प्रअ अर्यालले बताए । यो विद्यालयलाई गाउँपालिकाले पनि बजेट बिनियोजन नगरेको, कुनैपनि संघ संस्थाले बिद्यालय नहेरेको व्यवस्थापन समितिका अध्यक्ष हेमराज चालिसेले बताए । उनले विद्याललाई आर्थिक संकट बचाउन सबैसंग अपील गरेका छन् ।