बागलुङ, ११ कात्तिक – आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा बागलुङका वामपन्थी उम्मेदवारहरुलाई सहयोग गर्ने उदेश्यले काठमाण्डौंमा रहेका जिल्लावासीले शनिवार एक भेलाको आयोजना गरी वामपन्थी विजयीको अभियानमा सहयोग गर्ने वताएका छन् ।
वामउम्मेदवारलाई सहयोग गर्न चेतनारायण पौडेलको संयोजकत्वमा ९ सदस्यीय सहयोग समिति समेत गठन गरिएको छ । सहयोग समितिमा निम वहादुर वुढा, देवी शर्मा, दिवाकर सुवेदी, अम्मर सिंह घर्ति, भेषराज शर्मा, घनश्याम न्यौपाने र कृष्ण जिसी रहेको संयोजक पौडेलले वताए ।
भेलाले प्रदेश स्तरमा सहयोग गर्नका लागि क्षेत्र नं. १ (क) तारानाथ सापकोटा, ख मा दिवाकर सुवेदी, क्षेत्र नं. २ (क) मा घनश्याम न्यौपाने, (ख) मा निम वहादुर वुढा संयोजक रहेको समिति गठन गरेको नेकपा एमाले बागलुङ–काठमाण्डौं सम्पर्क मञ्चका अध्यक्ष कृष्ण जिसीले वताए । सहयोग समितिमा एमाले, माओवादी केन्द्र र जनमोर्चाका कार्यकर्ता सहभागी छन ।
वाम उम्मेदवारलाई विजयी गराउन आब्हान गर्दै एक अपिल प्रकाशन गर्ने र राजधानीमा रहेका जिल्लाका मतदाताहरुलाई मतदान स्थानमा लैजानका लागि विशेष पहल गर्ने निर्णय गरिएको छ ।
नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता दिनानाथ शर्माको प्रमुख आतिथ्यतामा समपन्न भेलामा नेकपा एमाले प्रदेश सम्पर्क समन्वय कमिटीका लीला प्रसाद शेरचन, राष्ट्रिय जनमोर्चाका निम वहादुर वुढा लगायत सवै पार्टीका सम्पर्क मञ्चका नेताहरुको सहभागिता रहेको थियो ।