विरवहादुर चोखाल
बागलुङ, ११ कात्तिक – नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा बागलुङ क्षेत्र नं २ का संयुक्त वाम उम्मेदवार देवेन्द्र पौडेल सुनिलले धवलागिरि अन्चललाई वाम किल्ला बनाउने दावी गरेका छन। नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा सहितको वाम गठबन्धन बागलुङ क्षेत्र नं २ को सयुक्त चुनावी भेला शनिवार खर्बाङमा सम्पन्न भएको छ । भेलामा बोल्दै नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा बागलुङ क्षेत्र नं २ का संयुक्त वाम उम्मेदवार देवेन्द्र पौडेल सुनिलले अवको १० वर्ष मा नेपाललाई समृद्ध बनाएर विश्वमा सन्देश दिनका लागि सामान्य बहुमतले मात्र नपुग्ने भएकोले दुई तिहाइ बहुमत ल्याउन नेपालमा पहिलोपटक बृहद वाम एकताका साथ अघि बढेको बताए ।
उनले भने -वाम गठबन्धन कसैका बिरुद्ध नभएर नेपालमा समाजवाद लागु गर्न र जनताले लेखेको संविधान कार्यान्वयन गराउन हो । उनले बागलुङ जिल्लामा वामपन्थीहरूको दुई तिहाइ मत भएकोले जित सुनिश्चित रहेको भन्दै धवलागिरि अन्चललाई वाम किल्ला बनाउने दावी गरे । उम्मेदवार पौडेलले बागलुङलाई राष्ट्रिय राजनीतिमा जोडदै विकास र समृद्धिका लागि आप्नो उम्मेदवारी भएको बताए ।
भेलामा बागलुङ क्षेत्र नं २, प्रदेश नं क का उम्मेदवार चन्द वहादुर बुढा सागर , प्रदेश नं ख का उम्मेदवार टेकबहादुर घर्ती, नेकपा एमालेका ्वैकल्पिक केन्द्रीय सदस्य मन कुमारी के सी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुङ्गाना, निवर्तमान सांसद केशरी घर्ती र ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले शुभकामना मन्तव्य राखेका थिए ।
बढिगाड गाउपालिका वडा नं २ कि वडा सदस्य हिमा खरेलले दही खुवाएर उदघाटन गरिएको भेलामा ने क पा माओवादी केन्द्र बागलुङका संयोजक ग्यामनाथ गैरे अनिलले कार्य योजना प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा लोक गायक विष्णु खत्रीले सांगेतिक प्रस्तुति गरेका थिए । भेलाले विभिन्न समितिहरु गठन भएका छन । भेला समन्वय समिति बागलुङ क्षेत्र नं २ का संयोजक फमलाल निउरेको अध्यक्षता, सदस्य प्रेमलाल खरेलको स्वागत र सदस्य भिमसेन वनको सन्चालनमा सम्पन्न भएको थियोे ।
जिल्लामात्रै होइन, अञ्चललाई नै वामकिल्ला बनाउछौ-पौडेल
Previous Articleजिल्लाका वामपन्थी जिताउन काठमाण्डौंमा भेला
Next Article बागलुङ र गल्कोटमा काँग्रेसको निर्वाचन परिचालन समिति