पर्वत,९ कार्तिक मोदी–५ देउपुर कोरुङ्गाका टीकाराम तिमिल्सिना व्यावसायिक रूपमा मौरीपालन गरेर वार्षिक रु १२ लाख आम्दानी गर्दै आएका छन् । उनको घरमा झण्डै १०० वटा मौरीका घार रहेका छन् । एपी सेरेना जातको मौरी पालेका तिमिल्सिनाले सो व्यवसायबाट गतिलो कमाई गर्न सफल हुनुभएको छ । उनले वर्षमा दुई पटक मह निकाल्ने गरेका छन ।
विसं २०५७ बाट व्यावसायिक रूपमा माहुरीपालन गर्दैआएका तिमिल्सिनाले उत्पादन गरेको मह घरबाटै बिक्री हुन्छ । उनले वर्षमा दुई दर्जनभन्दा बढी घारसमेत बिक्री गर्दैआएका छन । घरबाटै प्रतिकिलो रु ७०० का दरले तिमिल्सिनाले मह बिक्री गर्छन । उनले एउटा याममा सात क्विन्टलभन्दा बढी मह काढ्ने गरेको बताए । एपी सेरेना जातको माहुरीको मह भिर माहुरीकै जस्तै गुणस्तरीय हुने भएकाले मनग्य आम्दानी गर्न सकेको उनको भनाइ छ । मौरीपालन व्यवसायबाट भएको कमाईले छोराछोरीलाई पढाउने र घरजग्गा जोड्ने काम गरेको उनि बताउँछन् ।
Previous Articleकृत्रिम हातखुट्टा शिविरबाट ३५ लाभान्वित
Next Article सर्वोच्चको अर्को आदेशः अलग-अलग मतपत्र बाध्यकारी