नेपालको सानो बजारमा उपभोग्य बस्तुहरुदेखी प्रबिधिको दुनियाँका सबै खालका बस्तु तथा सेवामा भारतको एकाधिकार रहेको छ । नुन तेलदेखी लत्ताकपडा र इन्टरनेट समेत भारतको बाटोहुँदै नेपाल भित्रने गरेको छ । सियोदेखी हवाईजहाज सम्मको लागि अर्काको भर पर्नुपर्ने नेपालको एकमात्र अन्राष्ट्रिय बजार भनेको भारत नै हो । आफु आत्मनिर्भर बन्न नसक्नु र अन्य अन्तराष्ट्रिय बजारबाट आयातको व्यवस्था मिलाउने आँट गर्न नसक्दा नेपाली बजारमा भारतको एकाधिकार कायम छ । यहि एकाधिकारका कारण २०७२ सालमा नेपालले संबिधान जारी गर्दा केहि असहमतीहरु राखेको भारतले लामो समय नाकाबन्दी गर्यो र त्यसको विकल्प खोज्न नसक्दा सारा नेपालीले लामो समयसम्म नाकाबन्दीको मार बेहोर्नु परेको कुरा जग–जाहेर छ ।
तत्कालिन प्रधानमन्त्रि केपि शर्मा ओलीले भारतको एकाधिकारको विकल्प खोज्दै चीनसँगको सम्बन्धलाई बढाउन त खोजे तर लामो समयसम्म उनको शासन सत्ता टिक्न नसक्दा त्यो तेस्रो मुलुकको नाका खोल्ने र तेस्रो अन्तराष्ट्रिय बजार खोज्ने कामले गति लिन सकेन । तत्पश्चात सुरु भएका हरेक आयातका कामले गति लिन सकेका छैनन् । नेपाल टेलिकमको पछिल्लो दाबीलाई मान्ने होभने कात्तिकको दोस्रो हप्ताभित्रै नेपाल चिनियाँ इन्टरनेटसँग जोडिने भएको छ । दुई बर्ष अगाडिबाट आयात प्रयास गरिएको चिनियाँ इन्टरनेट हालसम्म पनि नेपाल भित्राउन नसकिएको हो । प्रबिधिमा समेत अन्य बस्तुहरुको आयातमा जस्तै एकाधिकार बनाएको भारतले बेला–बेलामा हाल्ने भाँजोका कारण नेपालमा चिनियाँ इन्टरनेटको प्रबेश लम्बिएको हो । सेवा प्रदायक स्थानिय साझेदारहरु भारतीय कम्पनीको बफादार बन्ने होडबाजीका कारण भएको ढिलाईले सर्वसाधारण भने मारमा पर्ने गरेका छन् । बिभिन्न बहाना बनाइने गरेको भएपनि चिनियाँ इन्टरनेटको प्रबेशमा भएको ढिलाईमा यो वा त्यो ढंगमा भारतले हस्तक्षेप गरिरहेको छ ।
चिनको सेवालाई नेपालमा भित्राउँदा तुलनात्मक रुपमा सस्तो पर्न जाने र उपभोक्ताले सस्तोमा गुस्तरीय सेवा पाउँदा आफ्नो बजार घट्ने भएकाले भारतले गरेको नौटंकीको असर इन्टरनेटको बिस्तारमा परेको हो । चीनबाट आउने इन्टरनेट नेपाल टेलिकमको नेटवर्कमा जोडिएपछि इन्टरनेटमा भारतीय एकाधिकार समाप्त हुनेछ । चिनियाँ इन्टरनेट टेलिकको केन्द्रीय नेटवर्कमै जोडिएर उपभोक्ता माझ पुग्नेछ । यसले नेपाललाई चाईनाको बाटो भएर इन्टरनेटको माध्यामबाट तेस्रो मुलुकसँग सम्वन्ध राख्न समेत सहज हुने कुरा प्राबिधिमा ज्ञान भएकाहरुले बताउँदै आएका छन् । यो वा त्यो ढंगबाट भइरहेका बहाना बाजीको अन्त्य गर्दै नेपालको बिज्ञान प्रबिधिको क्षेत्रमा गर्न लागिएको अन्तरदेशिय आयातलाई तत्काल परिणाममुखी बनाउन जरुरी छ । भौगोलिक बिकटतालाई चिर्न, प्राबिधिक सहयोग उपलव्ध गराउन र तत्काल नेपालको बजारमा इन्टरनेटको बिस्तारीकरण गर्न चीनले पनि सघाउ पुर्याउन सक्छ किनकि उसको पनि यो ब्यापार हो र नेपालमा ब्यापार बिस्तार गरे चीनको राष्ट्रिय प्रसारणलाई निकै फाईदा पुग्छ । बिदेशी ब्यापारको एकाधिकार तोड्दै नेपाली उपभोक्तालाई तत्काल गुणस्तरीय सेवा प्रदान गर्नु नेपालका सेवा प्रदायक कम्पनीहरुको कर्तव्य हुने छ । यसमा सरकारले नितिगत रुपमा र उपभोक्ताले प्रयोगकर्ताको रुपमा सहयोग गर्न भने चुक्नु हुँदैन् ।
Previous Article२०७४ कार्तिक ८ गते बुधबारको राशिफल
Next Article राजनीतिक गठबन्धनः कसको पल्ला भारी ?