बागलुङ,७ कार्तिक–आसन्न निर्वाचनमा बाम एकता गरेको गठबन्धन समूहले निर्वाचन परिचालनका लागि उच्च स्तरीय कमिटि संघिय र प्रदेश स्तरीय परिचालन कमिटि पनि गठन गरेको छ । सोमबार पत्रकार सम्मेलन गरेर गठबन्धनले एमाले, राष्ट्रिय जनमोर्चा र माओवादीको तर्फबाट तीन तीन जनाको दरले निर्वाचन परिचालन कमिटि गठन गरेको जानकारी गराएको हो । कमिटिमा एमालेका मनकुमारी केसी, गोविन्दबहादुर नेपाली र मोहनलाल शर्मा, राजमोका राजेनद्र ढुंगाना, लक्ष्मी बाँस्कोटा र अमर थापा तथा माओवादीका फमलाल न्युरे, ज्ञामनाथ गैह्रे र कृष्ण केसी रहेको परिचालन समिति गठन गरेको हो ।
साथै दुइवटै संघिय निर्वाचन क्षेत्र र ४ वटै प्रदेश निर्वाचन क्षेत्रमा पनि परिचालन समिति गठन गरेको जानकारी गराईएको थियो । संघिय निर्वाचनका लागि क्षेत्र नं. १ मा एमालेका रामजीप्रसाद शर्माको संयोजकत्वमा श्रीप्रसाद शर्मा, जनक पौडेल, हिराबहादुर केसी र लालबहादुर थापा, राजमोको तर्फबाट कृष्णप्रसाद शर्मा, तिलक थापा, डिलबहादुर श्रीष, थानेश्वर सुवेदी, माओवादीको तर्फबाट कृष्ठा थापा, कुमार विक्रम क्षेत्री, लालबहादुर परियार र प्रदीप थापा मगर रहेको समिति गठन भएको हो ।
क्षेत्र नं. २ मा माओवादीका फमलाल न्यूरेको संयोजकत्वमा प्रकाश घर्ती, तिलक उप्रेती, राजिव घिमिरे, प्रेम घर्ती, तुलसी अर्याल, केशरी घर्ती, राजमोको तर्फबाट बेदीलाल सापकोटा, भिमसेन वन, तीर्थसिंह थापा, खिम विक्रम शाही, डोरबहादुर क्षेत्री र धनबहादुर अदै तथा एमालेको तर्फबाट प्रेम खरेल, बिष्णु भूषाल, टंक पौडेल, देवकुमार नेपाली, सञ्जय श्रेष्ठ र उदिम छन्त्याल रहेको समिति गठन भएको हो । प्रदेशसभा १ क मा एमालेका नरबहादुर थापा संयोजक रहेको समिति, १ मा राजमोका नरबहादुर पुन संयोजक रहेको समिति गठन भएको छ । त्यस्तै प्रदेश २ क मा माओवादीका ज्ञामनाथ गैह्रे संयोजक रहेको समिति र प्रदेश २ ख मा राजमोका धर्मबहादुर कुँवर संयोजक रहेको समिति गठन गरेको हो ।
बैठकले हरिप्रसाद शर्मा, राजु गौतम, काजी गाउँले, केशव पराजुली र रमेश खड्का रहेको कानूनी सल्लाहकार समिति र उमाकान्त शर्मा, राम थापा अविरल तथा ताराप्रसाद शर्मा रहेको प्रचारप्रसार संयोजन समिति गठन गरेको छ । एमाले जिल्ला इन्चार्ज मना केसीको अध्यक्षता, माओवादी प्रचार विभागका प्रमुख कृष्ण केसीको संचालनमा सम्पन्न कार्यक्रममा क्षेत्र नं. २ का उमेदवार देवेन्द्र पौडेलले पत्रकारको जिज्ञाशाको जवाफ दिएका थिए । उनले बाम गठबन्धन बिजय उन्मूख भएको दावी पनि गरे ।