बागलुङ,७ कार्तिक–नेपाल स्वास्थ्य केन्द्रीय सहकारी संघ लिमिटेडका महासचिव खेम राज सुवेदीले स्वास्थ्य सेवालाई आमजनताका बीचमा सहज र प्रभावकारी रुपमा पु¥याउनका लागि राज्यसंगै सहकारी क्षेत्रको परिचालन अति आवश्यक रहेको बताएका छन् । देशभरका स्वास्थ्य सहकारीहरुको तथ्यांक संकलन र अध्ययन अवलोकनका क्रममा सोमबार धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्था लिमिटेड बागलुङमा भएको आएका सुवेदीले संस्थामा भएको भेटघाट कार्यक्रममो यस्तो बताएका हुन् । सहकारीलाई राज्यले आर्थिक विकासका तीनमध्ये एक खम्बाका रुपमा स्वीकार गरिसकेकाले स्वास्थ्य लगायत सबै क्षेत्रमा सहकारीको ३३ प्रतिशत सहभागिता आवश्यक रहेको उनको भनाइ थियो । जनतालाई सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवाका लागि राज्यका तर्फबाट परिचालन गरिने सेवाहरु सहकारी मार्फत सञ्चालन गर्न सके लक्षित वर्गमा सहजै पुग्ने उनको भनाई थियो । सहकारीमा धेरै सदस्य सहभागी हुने, नाफा भन्दा सेवामा केन्द्रीत हुने भएकाले सहकारी मार्फत सञ्चालन गरिने सेवा प्रभावकारी हुने दावी गर्दै सुवेदीले जनचेतना र स्वास्थ्य सेवाका महत्वपूर्ण कार्यहरु सहकारीमार्फत सञ्चालित अस्पतालहरुसंगको सहकार्यमा गर्ने वातावरण बनाउन लाग्नु पर्नेमा जोड दिए । उनले देशभर सहकारीमार्फत सञ्चालित अस्पतालहरुको बारेमा जानकारी गराउदै सहकारीहरुले उत्कृष्ट स्वास्थ्य सेवा र प्रभावकारी जनचेतनामुलक कार्यक्रम सञ्चालन गरी आम जनताको मन जितेको जानकारी गराएका थिए । कार्यक्रममा संस्थाका सचिव तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी माध्यमबाट स्वास्थ्य मात्रै होइन हरेक विषयका सेवा र कार्यक्रम सञ्चालन गर्न सके राज्यलाई लागत कम पर्नुका साथै प्रभावकारिता समेत बढ्ने बताए । सञ्जिवनी सहकारी संस्थाका अध्यक्ष डिलबहादुर कार्कीले संस्थाको अवस्था र आगामी कार्ययोजनाका बारेमा जानकारी गराएका थिए ।