काठमाडौँ, २ कात्तिक –नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा सम्पन्न भएको प्रदेश स्तरीय कराते प्रतियोगितामा रौतहट प्रथम भएको छ । रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरिय कराते प्रतियोगितामा सात स्वर्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको हो
नेपाल सितोरियो कराते संघ रौतहटले चन्द्रनिगाहपुरमा आयोजना गरेको प्रतियोगितामा २ नम्बर प्रदेशका आठैवटा जिल्लाका खेलाडीको सहभागिता थियो । प्रतियोगिताको पुरुष तर्फ उत्कृष्ट खेलाडी रौतहटका गौरव राई घोषित भएका थिए भने महिला तर्फ सिराहाकी खुश्वु खड्का उत्कृष्ट खेलाडी घोषित भइन् । तियोगिताको २० केजीमूनि तौल समूहमा पर्साका क्रिस साहले स्वर्ण जित्दा रौतहटका आशिष पटेलले रजत तथा सर्लाहीका अञ्जन लो र रौतहटका दिवस श्रेष्ठले काश्य जिते ।
२५ केजीमूनि तौल समूहमा रौतहटका गौरव राईले रुवर्ण जिते भने रौतहटकै बिकल थिङले रजत तथा सर्लाहीका शरण बल र पर्साका नसुरद्धिन अन्सारीले काश्य जिते । ३५ केजीमूनि तौल समूहमा पनि स्वर्ण र रजत रौतहटकै खेलाडीले जिते । सञ्जीव राईले स्वर्ण जित्दा क्रिस भोलनले रजत जिते । यस स्पर्धामा सर्लाहीका उमेश बल र धनुषाका साहित पटेलले काश्य जिते । ४० केजीमूनि तौल समूहमा धनुषाका राजु महतोले स्वर्ण जिते भने रौतहटका अमित भोलनले रजत जिते । पर्साका नूर मोहम्मद र सप्तरीका निश्चल मगरले काश्य जिते ।
४५ केजीमूनि तौल समूहमा सप्तरीका आकाश थापा मगरले पहिलो स्थान हासिल गरे । सर्लाहीका पासाङ घिसिङ दोस्रो तथा रौतहटका दिपेन्द्र माझी र पर्साका विश्वम्भर पटेल तेस्रो भए । यसैगरी प्रतिस्पर्धाको ५० केजीमूनि तौल समूहमा सर्लाहीका ईमान ठोकरले स्वर्ण जिते । पर्साका अनिल गुप्ताले रजत तथा धुनषाका महावीर शर्मा र सप्तरीका दिलिप पासवानले काश्य जिजते । ५५ केजीमूनि तौल समूहमा सिरहाका सनम आलेले स्वर्ण जित्दा रौतहटका रामसज्जन शर्माले रजत तथा महोत्तरीका रञ्जित मण्डल र रौतहटकै शंकर तामाङले काश्य जिते । पुरुष ६० केजीमूनि तौल समूहमा रौतहटका बिकाश राईले स्वर्ण जिते । यस स्पर्धामा पर्साका अरवाज आलमले रजत तथा रौतहटका रुपेश राई र सर्लाहीका सिद्धार्थ लामाले काश्य जिते ।
Previous Articleजीवनले रुवाए, पशुपतीले हँसाए
Next Article राष्ट्रपतिद्वारा दीपावलीको शुभकामना