बागलुङ,२ कार्तिक–आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङले सञ्चालन गरेको सामाजिक सुरक्षा कोष अन्तर्गत शेयर सदस्यका अभिभावकको निधनमा राहत रकम प्रदान गरिएको छ । संस्थाले शेयर सदस्यका परिवारका सदस्यको निधन हुँदा घरमै गएर श्रद्धाञ्जली अर्पण गर्नुका साथै राहत रकम प्रदान गर्दै आएको छ । काठेखोला गाउँपालिका–७ रेश काफलबोट निवासी शेयर सदस्य भूमिराज गौतमका पिता तथा शेयर सदस्य सीतादेवी गौतमका ससुरा प्रजापति गौतमका निधन भएको दशौ दिनको पूण्य तिथिमा संस्थाका तर्फबाट घरमै गएर श्रद्धाञ्जली तथा राहत रकम प्रदान गरिएको हो । आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष अम्मरबहादुर थापा, उपाध्यक्ष अञ्जु जि.सी, सचालक भक्तबहादुर कुँवर लगायतले स्वर्गीय प्रजापति गौतमका नाती सुशिल गौतमलाई जनही ५ हजारका दरले १० हजार रुपैया मृतक राहत रकम प्रदान गरेका थिए ।
हरेक शेयर सदस्यबाट प्रत्येक दिन एक रुपैयाँ संकलन गरी संस्थाले दैवि प्रकोप तथा उद्धार राहतकोष स्थापना गरेको छ । उक्त कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र परिवारका सदस्यको निधनमा ५ हजार रुपैयाँ संस्थाले सहयोग गर्दै आएको संस्थाका उपाध्यक्ष अञ्जु जिसीले जानकारी दिइन् । कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, नेकपा एमालेका क्षेत्रीय सदस्य हरिबहादुर कुँवर लगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष अम्मरबहादुर थापाको अध्यक्षता र सम्पादक रामबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो । यसैबीच, सोही अवसरमा शिक्षक हित वचत तथा ऋण सहकारी संस्थाका तर्फबाट समेत श्रद्धाञ्जली अर्पण गरिएको थियो । संस्थाका शिक्षा उपसमितिका सदस्य भूमिराज गौतमका पिताको निधन भएको दशौ दिन पारेर संस्थाले श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष दिपक गौतम, सञ्चालक तथा शिक्षा उपसमितिका संयोजक डिल्लीराज उपाध्यायले स्वर्गीय गौतमप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका थिए ।
सिवाईसीद्धारा दुःख व्यक्त
सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संस्थाका शेयर सदस्य बिना शर्मा सापकोटाका सासु सुयश शर्मा सापाकोटाका ममतमयी माता समाजसेवी, क्रियाशिल व्यक्तित्व बागलुङ जिल्ला बागलुङ नगरपालिका–२ बागलुङ बजार निवासी स्व. चन्द्रकुमारी सापकोटाको निधनप्रति दुःख र समवेदना व्यक्त गरेको छ । संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल नेतृत्वको टोलीले ६ औँ दिनको पुण्य तिथीको क्रममा स्वर्गिय सापकोटाको घरमै पुगेर शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । सो क्रममा बोल्दै संस्थाका अध्यक्ष पौडेलले स्व. सापकोटालाई गुमाउनु पर्दा सिवाईसी मर्माहित भएको र संस्थालाई अपुरणिय क्षति पुगेको बताए । सोही क्रममा स्व. सापाकोटाको परिवारलाई संस्थाको तर्फबाट अध्र्वदैहीक कर्मका लागि रु. ५ हजार राहत रकम हस्तान्तरण गरिएको थियो ।