बागलुङ२ कार्तिक–नेपाल भाषा मंकाःखल बागलुङले नेपाल संवत् ११३८ लाई बागलुङमा भब्य रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । नेपाल भाषा मंकाःखलका अध्यक्ष काजी गाउँले श्रेष्ठको अध्यक्षतामा भएको बैठकले नेपाल सम्बत ११३८ को अवसरमा कार्तिक २ गते मोटरसाईकल ¥याली सम्पन्न गर्न बागलुङ जेसिजका अध्यक्ष जोन बज्राचार्यको संयोजकत्वमा उपसमिति गठन गरेको छ । कार्तिक ३ गते हुने मुल समारोहमा हनुमान नाच, लाखे नाच, रोपाई नाच प्रर्दशन गर्नका लागि युवराज राजभण्डारी, केशब वझा, गगनलाल शाक्य, विकास शाक्य, निलेष राजभण्डारी, सुदिप राजभण्डारी र आशिष राजभण्डारी, मुकेशचन्द्र राजभण्डारी, दिवाकर मलेपतिलाई जिम्मेवारी दिएको अध्यक्ष काजी गाउँले श्रेष्ठले बताए ।
नेपाल सम्बतका दिन समुदायमा योगदान पु¥याउने ब्यक्तिलाई छनौट गरि सम्मान गर्न छनौट उपसमिति गठन गरेको छ । उपसमितिमा संयोजक लालचन्द्र राजभण्डारी र सदस्यहरू प्रेम छोटा, महेशचन्द्र प्रधान रहेका छन् । बैठकले अर्थ संकलन उपसमिति पनि गठन गरिएको छ । बागलुङ सदरमुकाममा रहदै आएका नेवार समुदायले नेपाल भाषा मंकाःखल गठन गरि दुई दशकदेखि नेपाल सम्बत मनाउदै आएका छन् ।
Previous Articleमुख सम्बन्धि स्वास्थ्य शिविर
Next Article वाम एकताको परिदृश्यवाम एकताको परिदृश्य