बागलुङ,३ कार्तिक–विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरी बागलुङमा मुख स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य सेवा विभाग टेकु काठमाडौंको आयोजना, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला शिक्षा कार्यालय बागलुङको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दैै जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले मानिसमा रोग लाग्ने प्रमुख प्रवेशद्धार मुख भएकाले सरकारले मुख स्वास्थ्यको सेवा र उपचार ग्रामिण क्षेत्रसम्म पनि पु¥याउन आवश्यक रहेको बताए । कार्यक्रममा जिल्लाका विभिन्न माध्यामिक विद्यालयका प्रधानध्यापक, श्रोत व्यक्ति, विद्यालय निरिक्षक र जिल्ला जनस्वास्थ्यमा कार्यरत कर्मचारीको सहभागिता रहेको थियो । सो अवसरमा स्वास्थ्य सेवा विभागका नवराज केसीले कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी कुस्मराज उपाध्याय लगायत सहभगिले यस्तो खालका कार्यक्रमले आम सर्वसाधारणमा स्वास्थ्य शिक्षाका लागि निकै टेवा पुगेको बताए ।
Previous Articleआज तिहारको तेस्रो दिन लक्ष्मीको पूजा
Next Article नेपाल सम्वतमा विविध कार्यक्रम हुने