बागलुङ,१ कार्तीक –गरिबी निवारणका लागि सहकारीहरुको भुमिका महत्वपुर्ण हुने बागलुङमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । अन्तराष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा आदर्श सञ्चार सहकारी संस्था बागलुङले आयोजना गरेको गरीबी निवारणका लागी सहकारीको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय सुमिति बागलुङका संयोजक राजेन्द्र ढुङ्गानाले सहकारी क्रान्तिमार्फत गरिबी न्युनिकरणको बाटो अंगाल्नु पर्नेमा जोड दिए । सहभागीतामुलक बिकासमा सहकारीको महत्वपुर्ण भुमिका हुने भन्दै उनले उत्पादन, बजारीकरण र पवद्र्धनमा सहकारीको भुमिका महत्वपुर्ण हुने बताए । कार्यक्रममा बोल्दै समुन्वय समितीका उप–संयोजक बिष्णु भुषालले सहकारीहरुले उत्पादनशिल क्षेत्रमा लगानी गर्दै लक्षित बर्गलाई जिम्मेबार बनाएर उत्पादन क्षेत्रमा लगाउनु पर्नेमा जोड दिए ।
सहकारीहरुले गरेको लगानी लक्षित क्षेत्रमा पुग्न सके गरिवि निवारणमा टेवा पुग्ने उनको भनाई थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव राम थापा अविरल, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, सुचना सञ्चार सहकारी संघका केन्द्रीय सदस्य मना केसी लगायतले बोलेका थिए । आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष अमर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष अञ्जु जिसि र सञ्चालन सचिव रामबहादुर जिसिले गरेका थिए । बिश्वभर अक्टोवर १७ का दिन अन्तराष्ट्रिय गरीवी निवारण दिवस मनाउने गरीएको छ । यस बर्ष पनि ‘गरिवी अन्त्यका लागी जवाफ ः शान्ति र समृद्ध समाज भन्ने मुल नाराका साथ बिश्वभर गरिवी निवारण दिवस मनाईएको छ । नेपालको जनगणना २०६८ का अनुसार अहिले पनि नेपालमा करिव २५ प्रतिशत नागरीक निरपेक्ष गरीविको रेखामुनी रहेको तथ्याङ्कमा छ ।