केन्या, २८ असोज– केन्याको उत्तरी क्षेत्रमा रहेको एक आवासीय विद्यालयमा एक समूहको सशस्त्र आक्रमणमा शनिबार पाँच विद्यार्थीसहित छ जनाको मृत्यु भएको यहाँका अधिकारीले जनाएका छन् । तुर्काना क्षेत्रका आयुक्त सेफ माताताले भन्नुभयो, “लकिचोगो भन्ने गाउँमा रहेको उक्त विद्यालयमा भएको आक्रमणमा पाँच विद्यार्थी र एक अन्य व्यक्तिको मृत्यु भएको घटनामा सुडानी एक सशस्त्र समूहको सहभागिता रहेको प्रारम्भिक आएकोे छ ।” बिहान करिब ३ बजे भएको आक्रमणमा आवासीय भवनमा सुतिरहेका विद्यार्थीमाथि आक्रमण भएको थियो । घटनामा दक्षिण सुडानमा सक्रिय टोपोसा सशस्त्र समूहको संलग्नता रहेको आशंका गरिएको छ । उक्त घटनामा अन्य केही विद्यार्थीलाई घाइते अवस्थामा उद्धार गरिएको जनाइएको छ । घाइते विद्यार्थीको संख्या एकिन भएको छैन । घाइतेहरूको मोई शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको बताइएकोे छ ।एजेन्सी
Previous Article२९ असोज २०७४, ढोरपाटन दैनिक
Next Article समानुपातिकतर्फ बन्दसूची पेश गर्ने क्रम शुरु