नवराज पौडेल /२७ असोज ,कुश्मीशेरा–सञ्चार क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने भन्दै जिल्लाको जैमिनी नगरपालिकामा१५ दिने रेडियो उद्घोषण, पत्रकारिता तथा प्राविधिक तालिम शुरु भएको छ । रेडियो सुभेक्षा कुश्मिसेराको समन्वयमा अनयर मिडिया प्रालि काठमाडौंले तालिमको आयोजना गरेको हो ।
तालिमको बिहिबार रेडियो सुभेक्षाका सञ्चालक सन्ध्या आचार्यले उद्घाटन गरेकी छन् । सुभेक्षा मिडिया प्रालिले कार्तिकको पहिलो सातादेखी परिक्षण प्रसार शुरु गर्नलागेको रेडियो शुभेक्षाका लागि आवस्यक जनशक्ति तयार गर्न तालीमको आयोजना गरीएको आचार्यले बताइन् । २० जना सहभागी रहेको तालिमको सहजीकरण अनयर मिडिया प्रालिका भागीरथ कुमार पोखरेल र रेडियोका सञ्चालक सन्ध्या आचार्यले गर्ने छन् ।
Previous Article२७ असोज २०७४, ढोरपाटन दैनिक
Next Article भिषा समस्या समाधान गर्न टर्की र अमेरिकाले छलफल गर्ने